अझै रोकिएन भारतबाट हुने तस्करी र अवैध आयात
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ६ मंसिर । यहाँस्थित सीमापारी भारतबाट नेपालतर्फ हुने अवैध आयात र तस्करी निरन्तर जारी नै रहेको छ ।
प्रहरीले जतिसुकै सक्रियता देखाएपनि र जतिसुकै सामान पक्राउ गरेपनि लामो समयदेखि हुँदै आएको अवैध आयात र तस्करी भने रोकिएको छैन ।
मुख्य नाकामा धेरै ठाउँमा चेकजाँच हुने गरेपनि तथा अन्य नाकाहरुमा समेत शसस्त्र र जनपथ प्रहरीको उल्लेख्य उपस्थिति रहँदै आएपनि कसरी दैनिक लाखौं लाख रुपियाँको अवैध सामान नेपाल भित्रिन्छ भन्ने प्रश्न चारै तिर उठीरहेको छ ।
भन्सार राजस्व छलेर भारतीय सामानलाई दैनिक रुपमा नेपालमा भित्रयाउने काम निरन्तर भैरहेपनि सुरक्षाकर्मीले त्यसलाई किन रोक्दैनन् वा किन देख्दैनन् भन्ने प्रश्न पनि जनमानसमा सर्वत्र उठिरहेको छ ।
यसरी राजस्व छलेर सामान ल्याउँदा देशलाई ठुलो नोक्सानी भएपनि यो सबै किन रोकिंदैन ? यही नै सबैभन्दा अहम प्रश्न हो ।
उता, प्रहरीले भने दिनद...









