कोरोनामा प्लाज्माको व्यवस्थापन गर्ने माधवीलाई अमेरिका र दुबईमा सम्मान
सिराज खान
नेपालगञ्ज, मङ्सिर ८ गते । शिक्षण पेशामा आवद्ध भएपनि नेपालगञ्जकी माधवी शाहले कोरोना महामारीमा प्लाज्मा संकलनमा उल्लेखनिय भूमिका निर्वाह गर्नु भएकोमा उहाँलाई अमेरिका र दुबईमा सम्मान गरिएको छ ।
शाहको योगदानको उच्च मुल्यांकन गर्दै अमेरिकाको नेपाली संस्थाहरुमा स्थापित संस्था नेपलिज एसोसिएशन ईन साउथईष्ट अमेरिकाले सम्मान गरेको छ भने नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले दुबईमा नेसनल हिरो अवार्ड २०७८ बाट सम्मानित गरेको छ ।
नेपालमा कोरोना महामारीमा विशिष्ट सहयोग गर्ने नेपालगञ्जकी शाह लगायत १२ जनालाई सम्मान गरिएको नेपलिज एसोसिएशन ईन साउथईष्ट अमेरिकाका अध्यक्ष विनय अर्यालले टेलिफोनमा बताउनुभयो ।
यसैगरि नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले कोभिड–१९ महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी विभिन्न तवरबाट सामाजिक कार्य गरेको जनाउँदै शाहलाई पनि नेसनल हिरो अवार्ड २०७८ बाट सम्मानित गरेको एशोसिएसन...








