Saturday, September 12
Shadow

राजनीति

देशकै कान्छाे गाउँपालिका अध्यक्ष बने राजा यादव

देशकै कान्छाे गाउँपालिका अध्यक्ष बने राजा यादव

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव २ जेठ, राैतहट । देशकै कान्छाे गाउँपालिका अध्यक्षका रुपमा राजा यादव निर्वाचित भएका हुन् । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याए। स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १७०७ मत प्राप्त गरेका छन्। वैशाख ३० गते भएकाे स्थानिय तहकाे निर्वाचनमा सर्लाही जिल्लाकाे रामनगर गाउँपालिकाका अध्यक्षमा राजा यादव जित हासिल गरेका छन् । उनकाे जितले देशमा नयाँ रेकर्ड कायम भएकाे छ । २२ वर्षकाे उमेरमै प्रथम गाउँपालिका अध्यक्ष बन्न सफल भएका हुन् । त्यसैगरी उपाध्यक्षमा माओवादीकी गीता देवीले ३५२३ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २६३७ मत ल्याएकी छन्। ...
गौरमा नेकपा एसको लगातार तेस्रो जित

गौरमा नेकपा एसको लगातार तेस्रो जित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, २ जेठ, रौतहट । नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृह नगर गौरमा उनको पार्टीले लगातार तेस्रो जित हासिल गरेको छ । स्थानिय तहको निर्वाचनमा रौतहटको गौर नगरपालिका वडा नं.३ मा पनि नेकपा एसका उम्मेदवार विजयी भएका हुन् । यो जित सँगै गौर नगरपालिकामा पार्टीको तेस्रो जित हो । रौतहटमा नेकपा एसका उम्मेदवारहरु एक पछि अर्को विजयी हुदैँछन् । गौर नगरपालिका वडा नं.३ मा नेकपा एसका तर्फबाट मोहमद आसारुल अंसारी विजयी भएका हुन् । गौरमा पार्टीको प्रथम जित सँगै तेस्रो जित पनि हासिल गर्न सफल भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगरमा कलम चुनाव चिन्हले तेस्रो जित हात पारेको छ । यसअघि रौतहटको गौर नगरपालिका वडा नं.२ मा नेकपा एसका तर्फबाट विनोद जैसवालले जित हासिल गरेका थिए । उनले कुल ५५६ मत ल्याउन सफल भएका थिए । त्यस्तै गौर वार्ड नं. १ मा नेकपा एसका ...
गौर २ मा नेकपा एसको दोस्रो जित

गौर २ मा नेकपा एसको दोस्रो जित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, १ जेठ, रौतहट । रौतहट जिल्लामा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवारहरु एक पछि अर्को विजयी हुदैँछन् । गौरमा विजयी सुरुवात सँगै अर्को जित पनि हासिल गर्न सफल भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगरमा कलम चुनाव चिन्हले तेस्रो जित हात पारेको छ । रौतहटको गौर नगरपालिका वडा नं.२ मा नेकपा एसका तर्फबाट विनोद जैसवालले जित हासिल गरेका छन् । निर्वातमान अध्यक्ष राकेश झालाई चुनौती दिदैँ उनले जित हासिल गरेका छन् । उनी सँगै उनको प्यानेल समेत विजयी भएका हुन् । उनले कुल ५५६ मत प्राप्त गरेका छन । त्यस्तै गौर वार्ड नं. १ मा नेकपा एसका तर्फबाट उम्मेदवार रहेका लालबाबु चौधरीले जित हासिल गरेका थिए । निर्वतमान अध्यक्ष भरत साहलाई पराजित गर्दै लालबाबु विजयी भएका हुन । उनले कुल ८१५ मत ल्याउदा उनका प्रतिद्वन्द्वी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन् । अध्यक्ष न...
बालेनको जितमा २८ केजी खसीको बाजी

बालेनको जितमा २८ केजी खसीको बाजी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १ जेठ, रौतहट । यतिबेला काठमाडौं महानगरपालिकामा मतगणना चलिरहँदा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । उनले नेकपा एमालेका केशव स्थापित र नेपाली काँग्रेसकी सृजना सिंहलाई पछि पारेका छन् । बालेनको जीत हारबारे विभिन्न प्रक्षेपण भइरहेका छन् । योसँगै कतिपय व्यक्तिले यसमा बाजी नै राख्न थालेको खुलेको छ । रकम देखि खसी सम्मको बाजी चल्न थालेको छ । दुई व्यक्तिले लिखित कागज नै गरेर बालेनको जीत हारको बाजी राखेको सार्वजनिक भएको छ । बालेन साह जित्ने अनुमानहरु भइरहेपनि महानगरपालिकामा केही हजार मत मात्र गणना भएको छ । ५ प्रतिशत मात्र मत गणना गर्दा बालेनका समर्थनकहरु खुशियाली मनाउन थालेका छन् ।...
रौतहटमा नेकपा एसको एक पछि अर्को उम्मेदवार विजयी हुदैँ

रौतहटमा नेकपा एसको एक पछि अर्को उम्मेदवार विजयी हुदैँ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, १ जेठ, रौतहट । रौतहट जिल्लामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार एक पछि अर्को विजयी हुदैँछ । गौरमा विजयी सुरुवात सँगै अर्को जित पनि हासिल गर्न सफल भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगरमा कलम चुनाव चिन्हले दोस्रो जित हात पारेको छ । रौतहटको राजदेवी नगरपालिका वडा नं.१ मा नेकपा एसका तर्फबाट रहेका नरेश यादव जित हासिल गरेका छन् । निर्वातमान अध्यक्ष पुनः वडा अध्यक्ष पदमा जित हासिल गरेका हुन् । उनी सँगै उनको प्यानेल समेत विजयी भएका हुन् । त्यस्तै गौर वार्ड नं. १ मा नेकपा एसका तर्फबाट उम्मेदवार रहेका लालबाबु चौधरीले जित हासिल गरेका छन । निर्वतमान अध्यक्ष भरत साहलाई पराजित गर्दै लालबाबु विजयी भएका हुन । उनले कुल ८१५ मत ल्याउदा उनका प्रतिद्धन्दी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन । अध्यक्ष नेपालको गृह नगरमा मेयरमा एसका शभ्मु साहको अग्रता कायम अझै नै रहेको छ...
दुई दिनपछि पनि सुरु भएन बृन्दावन र माधवनारायणको मतगणना

दुई दिनपछि पनि सुरु भएन बृन्दावन र माधवनारायणको मतगणना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल न्यूज डेस्क, १ जेठ, रौतहट । स्थानिय तह निर्वाचनमा मतदान सम्पन्न भएकोको दुई दिन बित्तिसक्दाँ पनि रौतहटको बृन्दावन र माधवनारायण नगरपालिकामा मतगणना अझै हुन सकेको छैन । बृन्दावन नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएपनि मतगणनाको विषयलाई लिएर दलहरुबीच विवाद बढेको हो । आफू अनकूलका मानिस राख्ने विषयमा दलहरुबीच विवाद बढेपछि मतगणना ढिला भएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए । शुक्रबार राति सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भनिए पनि आफ्ना अनकुलका मानिसहरु राख्ने विषयमा विवाद बढेपछि ढिला भएको प्रजिअ शाहीले भएको बताए । उनले चाडै सहमति गरेर मतदान सुरु गर्न अनुरोध गरेको जानकारी दिए । सुरुमा सहायक मतदान अधिकृत नागेन्द्र यादवलाई मतगणनामा राख्न नहुने एमाले र एकीकृत समाजवादी दलले अडान राखेपछि मतगणना प्रभावित भएको थियो । त्यसपछि यादव आफैं नबस्ने ...
इन्धन खपत कम गर्न आज देखि सातामा दुई दिन बिदा

इन्धन खपत कम गर्न आज देखि सातामा दुई दिन बिदा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल न्यूज डेस्क, १ जेठ, रौतहट । सरकारले आजदेखि सातामा दुई दिन बिदा लागू गरेको छ । केहि दिन पहिलालाई जानकारी गराइएको नियम आजबाट कार्यवयनमा आएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो । निर्वाचन लगत्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य स्थानीय तहको चुनावलगत्तै सरकारले पेट्रोलियम पदार्थको म...
राैतहटमा नेकपा एसकाे विजयी सुरुवात,गाैरबाट खाता खुल्याे

राैतहटमा नेकपा एसकाे विजयी सुरुवात,गाैरबाट खाता खुल्याे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, रौतहट । नेकपा एकीकृत समाजवादीकाे राैतहटमा विजयी सुरुवात भएकाे छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगरमा कलम चुनाव चिन्हले पहिलो खाता खोलेको छ । गाैर वार्ड नं. १ मा नेकपा एसका तर्फबाट उम्मेदवार रहेका लालबाबु चौधरीले जित हासिल गरेका छन । निर्वतमान अध्यक्ष भरत साहलाई पराजित गर्दै लालबाबु विजयी भएका हुन । उनले कुल ८१५ मत ल्याउदा उनका प्रतिद्धन्दी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन । अध्यक्ष नेपालको गृह नगरमा मेयरमा एसका शभ्मु साहको अग्रता कायम अझै नै रहेको छ । मत गणना प्रक्रिया जारी नै रहेकाे छ ।...
मत पेटी लिएर फरार भए स्थानिय, बाैधीमाईकाे २ मतदान केन्द्र स्थगित

मत पेटी लिएर फरार भए स्थानिय, बाैधीमाईकाे २ मतदान केन्द्र स्थगित

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ३० वैशाख, राैतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ । साे नगरपालिकाकाे वडा नं १ जेठरहियामा रहेकाे चिकना मतदान केन्द्र बाट मतपेटिका लुटिएको हाे । सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको निर्वाचन कार्यालय यमूनामाइ गाउँपालिकाका अधिकृत हरि प्रसाद शर्माले जानकारी दिएका छन् । मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । अहिले त्यहाँ स्थिति तनावग्रस्त रहेको प्रहरीले जनाएकाे छ । मतदान अधिकृत लाई स्थानीयहरूले घेरा हालेका छन । ढुंगामुढा समेत भईरहेकाे बुझिएको छ । यस सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय राैतहटका अधिकृत छाेटेलाल दास सँग साेध्दा यसकाे आधिकारिक पुष्टि हुन बाँकि रहेकाे बताए । यधपी विवाद पछि चुनाव स्थगित गरिएको बताए । त्यस्तै, राैतहटकाे बाैधिमाइ सरमुजवाकाे क र ख दुवै मतदानस्थल स्थगित भएकाे निर्वाचन कार्यालयका अधिकारी छाेटेलाल दासले जानकारी ...
मुस्लिम आयोगका अध्यक्ष माथि पैसा बाँडेको आरोप

मुस्लिम आयोगका अध्यक्ष माथि पैसा बाँडेको आरोप

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २९ वैशाख,रौतहट । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोप लागेको छ । स्थानीय नेकपा एमालेका कार्यकर्ताहरूले अन्सारीमाथि पैसा बाँडेको आरोप लगाउँदै होहल्ला गरेपछि जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले सुरक्षा दिएर त्यहाँबाट लिएर गएको हो । विवाद बढेपछि जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई प्रहरीको गाडीमा लिएर जनकपुरस्थित विमानस्थलमा लगेको छ । जसपछि उनी काठमाण्डौँ पुगेका हुन् । क्षेत्रीले भने, ‘वहाँ खाना खानका लागि स्थानीयको घरमा जानु भएको रहेछ । त्यहाँ विवाद भएपछि हामीले एयरपोर्टसम्म लगेर छाडिदिएका हौँ । उहाँलाई पक्राउ गरिएको होइन ।’ उनी बिहीबार दिउँसो साढे १ बजेको उडानमार्फत काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।...