माओवादी केन्द्र नेपालगञ्जमा शाही, खजुरामा विक, डुडुवामा यादव र जानकीमा बर्मा सर्वसम्मत
बाँकी चार पालिकाको बन्द शत्र आज भैरहेको छ
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर १२ । बाँके जिल्लाको आठ वटै पालिकामा नेकपा माओवादी केन्द्रको पालिकास्तरीय सम्मेलन शनिवार शुरु भएकोमा चारवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएका छन् भने बाँकी चार वटा पालिकामा उदघाटन शत्र शनिवारनै पुरा भएपनि बन्द शत्र आज आइतवार हुँदैछन् । ती पालिकामा पनि आज सर्वसम्मत नेतृत्व चयन हुने जनाईएको छ ।
शनिवार सर्वसम्मत नेतृत्व चयन गरेर सम्पन्न भएका पालिकाहरुमध्ये नेपालगञ्ज उपमहानगर पालिकामा रतन बहादुर शाही, खजुरा गाउँपालिकामा राज कुमार विक, डुडुवा गाउँपालिकामा भोला यादव र जानकी गाउँपालिकामा रक्षाराम बर्मालाई अध्यक्ष निर्वाचित गरिएको छ । नरैनापुरका अध्यक्षको मात्रै चयन गर्न बाँकी रहेको जनाईएको छ । अन्य सबै पदमा सर्वसम्मत भैसकेको माओवादी केन्द्र बाँकेले जनाएको छ ।
माओवादी केन्द्र बाँकेले दिएको जा...









