Monday, July 27
Shadow

राप्रपाद्धारा बाँकेका ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्टेटर मेसिन बितरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज मंसिर १० । कोरोना संक्रमणको उपचारका लागि स्वास्थ्य संस्थाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने उदेश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकेका विभिन्न ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई ३० लाख भन्दा बढीको १४ वटा अक्सिजन कन्सन्टेटर मेसिन उपलब्ध गराएको छ ।
अमरधन स्मृति प्रतिष्ठान एनआरएन हङकङको सहयोग तथा राप्रपाका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको पहलमा बाँकेका एक दर्जन स्वास्थ्य संस्थामा अक्सिजन उत्पादन गर्ने उक्त कन्सन्टेटर मेसिन वितरण गरिएको राप्रपाका केन्द्रीय सदस्य हिक्मत ढकालले जानकारी दिनुभयो ।
उहाँले कोरोनाको संभावित तेस्रो लहरको तयारी स्वरुप कोरोना उपचारका महत्वपुर्ण रहेको उक्त अक्सिजन कन्सन्टेटर मेसिन उपलब्ध गराईएको बताउनुभयो ।
राप्रपाका अनुसार कोरोना महामारीको सम्भावित तेस्रो लहरको जोखिमलाई मध्यनजर गरेर कुसुम स्वास्थ्य चौकी, ओभरी स्वास्थ्य चौकी, ढकेरी, बैजापुर अस्पताल, कचनापुर स्वास्थ्य चौकी, सामुदायिक अस्पताल प्रेमनगर, स्वास्थ्य चौकी अकलघरुवा, स्वास्थ्य चौकी हवल्दारपुरमा कन्सन्टेटर मेसिन प्रदान गरिएको छ।
ती स्वास्थ्य संस्थामा विरामीको चाप र अस्पतालको प्रकृतिअनुसार एक देखि दुई थानसम्म कन्सन्टेटर मेसिन उपलब्ध गराइएको राप्रपाका नेता प्रेम बहादुर भण्डारीले बताउनुभयो । यस्तै खड्कवार र कोहलपुर स्वास्थ्य संस्थालाई पनि कन्सन्टेटर मेसिन प्रदान गरिने केन्द्रिय नेता भण्डारीको भनाइ छ ।
उहाँले ग्रामिण क्षेत्रका जनतालाई यसबाट ठुलो लाभ मिल्ने आशा रहेको जनाउनुभयो ।
राप्रपाका अनुसार दुई लाख देखि दुई लाख ५० हजार मूल्य पर्ने एउटा कन्सन्टेटर मेसिनले एकै पटक चारजना विरामीलाई अक्सिजन सप्लाइ गर्न सक्नेछ । सो कन्सन्टेटर मेसिन पाएपछि ग्रामिण क्षेत्रका स्वास्थ्य संस्था सक्षम हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *