Tuesday, August 4
Shadow

मुख्य समाचार

रौतहटको गरुडामा सरकार बिरुद्द युवा संघ नेपालको प्रदर्शन

रौतहटको गरुडामा सरकार बिरुद्द युवा संघ नेपालको प्रदर्शन

banner-news-1, मुख्य समाचार, राजनीति
सचतक नेपाल , माघ १६।  नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा वृहत् प्रदर्शन गरेको छ । संघको रौतहट जिल्ला कमिटीको आयोजनामा जिल्लाको मध्य भाग गरुडामा सयौं युवाहरुले नाराबाजी गर्दै दबाबमुलक र्यालीको आयोजना गरेको हो । उनीहरुले स्थानीय निर्वाचनको मिति घोषणा गर, अपराधी मन्त्री रेणु यादव राजिनामा दे, लुट-आतंक बन्द गर, मापसे सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सुरु भएको र्याली चिनी मिल हुँदै बजारको परिक्रमा गर्दै गरुडा नगरपालिका नजिकै कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै संघका स्थायी कमिटी सदस्य एवम् एमाले रौतहटको जिल्ला कमिटी सदस्य निवेश यादवले दलाल गठबन्धनको सरकारले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेकोले त्यसको प्रतिकारमा उत्रिन आग्रह गरे । विगतमा २० वर्षसम...
शहिद दिवस देशभर मनाइँदै

शहिद दिवस देशभर मनाइँदै

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, राैतहट । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस आज पनि देशभर मनाइँदै छ ।प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिँदै आएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको ...
ट्र्याकटरले किचेर एक बालककाे मृत्यु

ट्र्याकटरले किचेर एक बालककाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क झापा । कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे हाे । बुबा बालकृष्णले चलाएको मे१त ७५४९ नम्बरको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टार्ट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएकोे थियो । उनको उपचारकै क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । साभार: जनता समाचार डटकम...
गठबन्धनको सेण्डिकेटबाट देशलाई बचाउन सडक आन्दोलन बाहेक विकल्प छैन: प्रभु साह

गठबन्धनको सेण्डिकेटबाट देशलाई बचाउन सडक आन्दोलन बाहेक विकल्प छैन: प्रभु साह

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
  सचतक नेपाल , गौर। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले देशमा बढिरहेको राजनीतिक संकटलाई रोक्न आन्दोलनमा जानुपर्ने बताएका छन् । शनिवार करुनियामा आयोजित नेकपा एमालेको देवाही गोनाही नगर अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता साहले गठबन्धनको सिण्डिकेटबाट देशलाई बचाउनको लागि सडक आन्दोलनबाहेक कुनै विकल्प नरहेको बताएका छन् । जालझेल र अदालतको सेटिङबाट जन्मिएको दलाल गठबन्धनको सरकारले देशमा संस्थागत रुपमै भ्रष्टाचार एवम् लुटआतंक मच्चाएको भन्दै नेता साहले त्यसलाई बन्द गर्न जनता सडकमा उत्रिनुपर्ने बताए । "अहिले तपाईहरु देख्नसक्नुहुन्छ, अवसरवादीहरुको गद्दारी र झालझेल एवम् षडयन्त्रबाट अदालतको सेटिङमा जुन दलाल गठबन्धनको सरकार जन्मिएको छ यसले संस्थागत रुपमा भ्रष्टाचार र लुट-आतंकलाई बढावा दिएको छ । खुलेआम कालोबजारी मौलाएको छ, महङ्गी बढेको छ जसले गरीब मजदुर किसान...
मधेश आन्दाेलनमा घाइते भएका सिंहलाई मन्त्री यादवकाे सहयाेग

मधेश आन्दाेलनमा घाइते भएका सिंहलाई मन्त्री यादवकाे सहयाेग

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क राैतहट । मधेश आन्दाेलनमा प्रहरीकाे गाेली लागि घाइते भएका एक जनाले प्रदेश सरकारबाट आज आर्थिक सहयाेग पाएकाे छ । बि.स २०६२/०६३ काे मधेश आन्दाेलनमा प्रहरीकाे गाेली लागी राैतहटकाे राजदेवी नगरपालिका-५ स्थित पताहि निवासी रणवीर सिंह लगायत थुप्रै जना घाइते भएका थिए । घाइते भएका सिंहलाई मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आफ्नाे पहलमा प्रदेश सरकारबाट एक लाख रुपैयाँकाे आर्थिक सहयोग गरेकाे छ । आजभन्दा करिब १५ वर्ष अघि ०६३ साल माघ १ गते जारी भएको अन्तरिम संविधानलाई काठमाडौंमा जलाउँदै गर्दा त्यस बेला एनजीओको रुपमा रहेको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितलाई पक्राउ गरिएको बिरोधमा उनका समर्थकहरुले चक्काजाम गरेका थिए । सिराहामा माओवादी नेता मातृका यादव आइरहेको बखत चक्काजाम नखोल्दा माओवादी कार्यकर्ताकै तर्फबाट ...
गरुडामा माेटरसाइकल दुर्घटना हुदाँ दुई जनाकाे मृत्यु

गरुडामा माेटरसाइकल दुर्घटना हुदाँ दुई जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क  राैतहट । गएराति राैतहटकाे गरुडामा माेटरसाइकल दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएकाे छ । गरुडा नगरपालिका ४ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार गएराति ११:१५ बजेतिर ना६२प ३३९९ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बाराकाे सवारी दुर्घटना परि २ जनाको मृत्यु

बाराकाे सवारी दुर्घटना परि २ जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क बारा । बाराकाे सवारी दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएकाे छ । कलैया बाट विरगन्ज जादै गरेको बीआर ०५ एआर ५१५१नम्बर को भारतीय गाडीले विपरीत दिशा बाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकल लाई ठोक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हाे । सो दुर्घटना कलैया-विरगन्ज सडकखण्ड अन्तर्गत सिसहनीयामा भएको र उक्त दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ५५ वर्षीय शितल साह र ४० वर्षीय नरेश साह रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जनाएको छ।...
सिके राउतको हर्कत बिरुद्द समाजबादी महिला संघ रौतहटको प्रदर्शन

सिके राउतको हर्कत बिरुद्द समाजबादी महिला संघ रौतहटको प्रदर्शन

banner-news-1, मुख्य समाचार, राजनीति
  माघ ९ सचतक नेपाल। समाजवादी महिला संघ रौतहटले सिके राउतबिरुद्द प्रदर्शन गरेको छ। माघ ५ गते बलिदानी दिवसको अवसरमा समाजबादी युवा संघ रौतहटद्वारा आयोजनामा अथितिको रुपमा आउनु भएकी संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवमाथि सिके राउतको कार्यकर्ताद्वारा गरिएको दुर्व्यहारको विरुद्धमा जनता समाजबादी निकट महिला संघले प्रदर्शन गरेको हो । बलिदानी दिवस मनाउन गौर पुगेकि मन्त्री यादवमाथि जनमत पार्टीका नेता कार्यकर्ताहरुले सुनियोजित ढंगले भाला, लाठी र अन्य घरेलु हात–हथियारको प्रयोग गरी हत्याको प्रयास गरेको संघको आरोप छ । संघले मन्त्रीमाथि भएको त्यस किसिमका दुर्व्यहार रोक्न समेत माग गरेका छन्। संघले यस्ता किसिमका गैरराजनीतिक कार्य गर्नेहरुलाई तत्कालै कारबाही गर्न माग समेत गरेको छ। मधेस प्रदेशको जनकपुर, रौतहट लगायत विभिन्न स्थानमा प्रदर्शन गर्दै महिला संघले मन्त्री ल...
राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु

banner-news-1, मुख्य समाचार, राजनीति
सचतक नेपाल । माघ १० अगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु भएको छ । आइतबार राति १२ बजेदेखि नै मौन अवधि शुरु भएको हो । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ । एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ । साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ । निर्...
एमाले जिल्ला अध्यक्ष त्रिभुवन साहले औपचारिक रुपमा पदभार ग्रहण गरे

एमाले जिल्ला अध्यक्ष त्रिभुवन साहले औपचारिक रुपमा पदभार ग्रहण गरे

banner-news-1, मुख्य समाचार, राजनीति
सचतक नेपाल माघ ९ । रौतहटको कटहरियामा माघ २ मा सम्पन्न एमालेको नवौं एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीहरु आज पदभार ग्रहन गर्नुभएको छ । गौर स्थित पार्टीकार्यलयमा पार्टीको झण्डा फहराई अध्यक्ष त्रिभुवन साह (अमर ) सहितको पदाधिकारीहरु आइतबार औपचारिक रुपमा पदभार ग्रहन गरेका हुन । पदभार ग्रहण गर्दै अध्यक्ष त्रिभुवन साहले हामी सबै पदाधिकारीहरु एक ढिक्का भइ तिनैतहको निर्वाचनमा फुल बहुमत ल्याई एमालेमै रौतहट बनाउने छु । पदभार कार्यक्रममा नेकपा एमालेका नेताहरु अब्दुल कलाम आजाद, उपेन्द्र साह, जयचन्द पटेल, राम किशोर साह, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह, कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाह, पवन पटेल लगायतको उपस्थिति रहेको थियो । नवौँ जिल्ला अधिवेशनले साहको अध्यक्षतामा १ सय ३५ सदस्य जिल्ला कमिटिको सर्वसहमत चयन गरेको थियो । कमिटिको उपाध्यक्षमा दिपक यादव,...