Sunday, July 26
Shadow

सिके राउतको हर्कत बिरुद्द समाजबादी महिला संघ रौतहटको प्रदर्शन

 

माघ ९ सचतक नेपाल। समाजवादी महिला संघ रौतहटले सिके राउतबिरुद्द प्रदर्शन गरेको छ।

माघ ५ गते बलिदानी दिवसको अवसरमा समाजबादी युवा संघ रौतहटद्वारा आयोजनामा अथितिको रुपमा आउनु भएकी संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवमाथि सिके राउतको कार्यकर्ताद्वारा गरिएको दुर्व्यहारको विरुद्धमा जनता समाजबादी निकट महिला संघले प्रदर्शन गरेको हो ।

बलिदानी दिवस मनाउन गौर पुगेकि मन्त्री यादवमाथि जनमत पार्टीका नेता कार्यकर्ताहरुले सुनियोजित ढंगले भाला, लाठी र अन्य घरेलु हात–हथियारको प्रयोग गरी हत्याको प्रयास गरेको संघको आरोप छ ।

संघले मन्त्रीमाथि भएको त्यस किसिमका दुर्व्यहार रोक्न समेत माग गरेका छन्। संघले यस्ता किसिमका गैरराजनीतिक कार्य गर्नेहरुलाई तत्कालै कारबाही गर्न माग समेत गरेको छ।

मधेस प्रदेशको जनकपुर, रौतहट लगायत विभिन्न स्थानमा प्रदर्शन गर्दै महिला संघले मन्त्री लागयत महिला नेतृत्वकर्मीको सुरक्षाको माग समेत गरेका छन्।

त्यस्तै, दुर्व्यवहार गर्नेहरुमाथि कारबाही गर्न संघले माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *