Thursday, August 6
Shadow

मुख्य समाचार

खुशी मातममा बदलियो , सामुहिक गीत गाउने क्रममा करेन्ट लागि एकको मृत्यु , ७ घाईते

खुशी मातममा बदलियो , सामुहिक गीत गाउने क्रममा करेन्ट लागि एकको मृत्यु , ७ घाईते

banner-news-1, खबर बिषेश, मुख्य समाचार
  रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने ७ महिला घाइते भएकी छिन । दुर्गा भगवती -१ (पिपरा) बस्ने नरेश राउतको छोरिको पुजा मटकोरमा सामुहिक गीत भैइरको बेला एकासी माईकबाट करेन्ट उत्पन्न हुँदा एक जनाको मृत्यु भएको छ भने सोही क्रमामा अन्य ७ महिला घाइते भएकी छिन । मृत्यु हुनेमा नरेस राउतकी ३० बर्षिय बहिनी सम्घरिया देवि रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । करेन्ट लागि गम्भीर घाइते भएकी सम्घरिया देविलाई नजिकको बागमती मेड्कलबाट सुकदेव चौक स्थित शिवदर्शन अस्पतालमा लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो । यस्तै घाईते भएकी स्थानीय ६० बर्षिय मन्तोरिया देवि , ७० बर्षिय मुनि राउत , ६५ बर्षिय केवला देवि , ५५ बर्षिय सुशील देवि र ६० बर्षिय हिरिया देविलाई स्थानिय बागमती मेडिकलमा उपचार भैइरहेको छ।...
विद्युत मात्र बेचेर देशलाई २० अर्बको आम्दनी हुने : प्रदेश सभापति कृष्णा

विद्युत मात्र बेचेर देशलाई २० अर्बको आम्दनी हुने : प्रदेश सभापति कृष्णा

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३ वैशाख, रौतहट । अहिलेको परिस्थितीमा बिद्युत मात्र बेचेर देशले २० अर्बको आम्दनी गर्न सक्ने नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादवले बताएका छन् । रौतहट जिल्लाको इशनाथमा आयोजित नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रम अन्तर्गत उनले बताएका छन् । इशनाथ नगरपालिकामा नेपाली काँग्रेसको आयोजित नव वर्ष शुभकामना आदान प्रदान कार्यक्रम अन्तगर्त इशनाथमा बदलाव महिलाले नै गर्नेछ महिला नेत्री अन्जु झाले मन्तव्य राख्नुभयो । इशनाथ नगरपालिकाका मेयर पदको उम्मेदवार महिला नेत्री अन्जु झाको आयोजनामा नव वर्षको शुभकामना कार्यक्रम सम्पन्न भएको हो । नगरको विकासको लागि यस वर्ष झानै एक मात्र विकल्प रहेको त्यहाँका स्थानियहरु बताउँछन् । “अबको आउने समयमा नगरपालिका महिलाले नै चालाउनु पर्छ” समाजसेवी अन्जु झा भन्छिन् , “हामी मधेश प्रदेशमा बसेका छौँ, जहाँ जानकी माताले जन्म लिएका हुन् । स...
चाँदी सहित एक जना भारतीय पक्राउ

चाँदी सहित एक जना भारतीय पक्राउ

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ३ वैशाख, राैतहट । बिओपी प्रहरीले चाँदी जस्ताे देखिने धातु सहित एक जना भारतीयलाई पक्राउ गरेकाे छ । पचराैता नगरपालिका-६ (पकडिया) स्थित सिमा इलाकामा बिओपी बेनाैलीकाे एसवन टाेलीले चेकजाँच गर्ने क्रममा १२ सय ग्राम चाँदी जस्ताे गहनाका धातु बरामद गरेकाे छ । उक्त गहना भारतकाे माेतिहारी झुनझुडवा (झांजरा) ग्राम पंचायत-३ बडहरवा निवासी २८ वर्षीय शैलेस शाह बाट बरामद भएकाे प्रहरीले जनाएकाे छ । निज शाहबाट बरामद भएकाे चाँदीलाई परिक्षणका लागि सुनचाँदी व्यवसाय संघ पठाइएकाे र पुष्टि पश्चात भन्सार बुझाउने गरि व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पठाइएकाे छ । तर बरामद भएकाे बिआर ०५ एबि १९६६ नम्बरकाे माेटरसाइकल सहित चाँदी अझै बिओपीमै रहेकाे हाे । बरामद भएकाे चाँदी अन्दाजी मूल्य रु. एक लाख चालिस हजार र माेटरसाइकल मूल्य रु. १ लाख कुल गरि रु. २ लाख ४० हजार बराबरकाे समान भन्सार बुझाउने प्रक...
सप्तरी: आगलागि हुँदा एक बालकको जलेर मृत्यु

सप्तरी: आगलागि हुँदा एक बालकको जलेर मृत्यु

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २ वैशाख, राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिका-१० अमरैैयामा आज दिउँसो आगलागि हुँदा एक जना बालकको जलेर मृत्यु भएको छ । स्थानिय शत्रुधन यादवको घरबाट अचानक शुरु भएको आगलागीमा परेर उनकै ११ वर्षीय छोरा शैलेश कुमार यादवको मृत्यु भएको हो । आगलागिको बेला शैलेश घरभित्रै फसेको र परिवारका मान्छेलाई सोबारे जानकारी नभएकोले जलेर मृत्यु भएको स्थानियले जनाएको छ । आग्लागिमा यादवसहित छिमेकीहरु ओम यादव र मिन्टु यादवको एक-एक वटा घर जलेको स्थानियले बताएको छ । सो आगलागिमा के कति क्षति भएको हो भन्ने बारे तथ्यांक संकलनका कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
इन्धन खरिद गर्न ऋण खाेज्दै निगम

इन्धन खरिद गर्न ऋण खाेज्दै निगम

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २ वैशाख, राैतहट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिद गरेको रकम भुक्तानी गर्न सरकारसँग दुई अर्ब रुपियाँ ऋण मागेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै निगमको घाटामा चुलिँदै गएको छ । आगामी दिनमा तेल खरिद गर्न रकम अभाव भएपछि निगमले सरकारसँग ऋण मागेको हो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सञ्चित कोष र मूल्य स्थिरीकरण कोषमा भएको रकम सकिएपछि सरकारको जमानीमा राष्ट्रिय वाणिज्य बैङ्कमार्फत दुई अर्ब ऋण माग गरिएको बताए । “इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई इन्धन खरिद गरेको रकम भुक्तानी गर्नका लागि अपुग भएकाले ऋण मागेका छौँ,” साहले भने, “आगामी २३ अप्रिलमा आईओसीलाई इन्धन खरिदको १४ अर्ब ६५ करोड रुपियाँ भुक्तानी गर्न‘पर्नेमा निगमलाई दुई अर्ब रुपियाँ अपुग छ ।” “राष्ट्रिय वाणिज्य बैङ्कमार्फत ऋण लिनका लागि सरकार जमानत बस्नुपर्छ,” साहले भने, “यसका लागि उद...
१८ अर्ब बराबरकाे सहुलियतपूर्ण ऋण सरकारले गरे स्वीकार

१८ अर्ब बराबरकाे सहुलियतपूर्ण ऋण सरकारले गरे स्वीकार

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २ वैशाख, राैतहट । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । उनले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएका हुन् । त्यसैगरी मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको उनले बताए । मन्त्रिपरिषद् बैठकले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्र...
छाेराले गरे आफ्नै बुवाकाे हत्या

छाेराले गरे आफ्नै बुवाकाे हत्या

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २ वैशाख, राैतहट । मोरङको बेलबारी नगरपालिका–७ काफ्ले टोलमा छोराले आफ्नै बुवाको हत्या गरेका छन्। ३१ वर्षीय वासुदेव कार्कीले बिहीबार दिउँसो ६२ वर्षीय बुवा जयबहादुर कार्कीलाई घर आँगनमा पछारेर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ। ‘अंशवण्डासम्बन्धी विवाद हुँदा बुवालाई आँगनमा पछारेर छोरा वासुदेवले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘अंशवण्डासम्बन्धी विवादलाई लिएर वासुदेव र उनका भाइ तीर्थराजबीच भएको झगडा छुट्याउन जाँदा बुवालाई वासुदेवले आँगनको ढुंगामा पछारेर घाइते बनाएको हो।’ दिउँसो साढे १२ बजेतिर छोराले आँगनमा पछारेपछि गम्भीर घाइते भएका वृद्ध बुवालाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम ल्याइएको र उनको उपचारकै क्रममा दिउँसो साढे ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न वासुदेवलाई पक्राउ ग...
ज्येष्ठ सदस्यबाट आशीर्वाद लिदै जुडशितल मनाइँदै

ज्येष्ठ सदस्यबाट आशीर्वाद लिदै जुडशितल मनाइँदै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २ वैशाख, राैतहट । राैतहटसहित मिथिला क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशितल पर्व मनाइँदै छ । नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको हो । यो पर्वमा श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशीर्वाद दिने प्रचलन छ । ‘सतुवाइन’ मा जौँ र चनाको सातु तथा सर्वत खाने र खुवाने परम्परा छ । आज वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने गरिन्छ । घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति छ । गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरक...
रौतहटका पत्रकार झा जनसेवा श्रीबाट सम्मानित

रौतहटका पत्रकार झा जनसेवा श्रीबाट सम्मानित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १ वैशाख, रौतहट । रौतहटका अग्रज पत्रकार प्रभात झा राष्ट्रिपति विद्यादेवी भण्डारीद्धारा जनसेवा श्रीबाट सम्मानित भएका छन् । राष्ट्रपति भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छन् । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा, स्वरसम्राट स्व नारायणगोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो । ...
बारामा जिप दुर्घटना हुदाँ चालककाे मृत्यु, १२ जना घाइते

बारामा जिप दुर्घटना हुदाँ चालककाे मृत्यु, १२ जना घाइते

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, १ वैशाख, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । आज बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।...