
सचतक नेपाल डेस्क,
३ वैशाख, राैतहट । बिओपी प्रहरीले चाँदी जस्ताे देखिने धातु सहित एक जना भारतीयलाई पक्राउ गरेकाे छ ।
पचराैता नगरपालिका-६ (पकडिया) स्थित सिमा इलाकामा बिओपी बेनाैलीकाे एसवन टाेलीले चेकजाँच गर्ने क्रममा १२ सय ग्राम चाँदी जस्ताे गहनाका धातु बरामद गरेकाे छ । उक्त गहना भारतकाे माेतिहारी झुनझुडवा (झांजरा) ग्राम पंचायत-३ बडहरवा निवासी २८ वर्षीय शैलेस शाह बाट बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
निज शाहबाट बरामद भएकाे चाँदीलाई परिक्षणका लागि सुनचाँदी व्यवसाय संघ पठाइएकाे र पुष्टि पश्चात भन्सार बुझाउने गरि व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पठाइएकाे छ । तर बरामद भएकाे बिआर ०५ एबि १९६६ नम्बरकाे माेटरसाइकल सहित चाँदी अझै बिओपीमै रहेकाे हाे ।
बरामद भएकाे चाँदी अन्दाजी मूल्य रु. एक लाख चालिस हजार र माेटरसाइकल मूल्य रु. १ लाख कुल गरि रु. २ लाख ४० हजार बराबरकाे समान भन्सार बुझाउने प्रक्रियामा रहेकाे बिओपीले जनाएकाे छ ।
