अवकाश पाउँदै एआईजी आचार्य,पैसामा बढुवाकाे चलखेल शुरु
सचतक नेपाल न्युज डेस्क,२१ भदाै, राैतहट । नेपाल प्रहरी एकेडेमीमा कार्यरत एआइजी मुकुन्दराज आचार्यले अवकाश पाउने भएसंगै थप एक पद रिक्त भएको छ । बुधबारदेखि एआइजी आचार्यले अवकाश पाउँदैछन् ।नेपाल प्रहरीमा थप १ एआइजीकाे पद रिक्त भएसंगै बढुवाको चलखेल बढेको छ । उनको अवकाशसँगै प्रहरीमा एआइजीका दुई पद रिक्त हुनेछन् । यसअघि विश्वराज पोखरेलको अवकाशसँगै एक पद रिक्त भइसकेको छ । पदपुर्तिका लागि एकल बढुवा गर्दा विवाद हुने भएकाले दुई जनाको बढुवा गर्न लागिएको स्रोतले जनाएको छ । आचार्यको अवकाशसँगै एआइजी बढुवा हुने सम्भावना छ । जसमा ठूलो आर्थिक चलखेल हुने देखिएको छ । एआइजीमा बढुवामा एक दर्जन डिआइजीहरु दाबेदार छन् । सम्भावनामा वसन्त कुँवर, टेकप्रसाद राई,अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, रामदत्त जोशी, मीरा चौधरी लगायत छन् ।
फाइल
ऐआइजीमा सफल व्यक्तित्व टेकप्रसाद राईलाई...









