Monday, August 10
Shadow

मुख्य समाचार

जनकपुरकाे राजदेवी मन्दिरमा करिब १५ हजार बाेकाकाे बलि

जनकपुरकाे राजदेवी मन्दिरमा करिब १५ हजार बाेकाकाे बलि

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर - जनकपुरधामको राजदेवी मन्दिरमा बलिप्रदानको कार्यक्रम सकिएको छ। सोमबार राती ८ बजेदेखि सुरु भएको बलिप्रदान मंगलबार बिहान् ३ बजेर ५३ मिनेटसम्म चलेको थियो।यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो। बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू सोमबार दिउँसैदेखि बोका लिएर लाममा बसेका थिए।बोकाबलीका लागि यसपालि मन्दिरमा ४ वटा ठेहा राखिएको थियो। प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो। एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो।राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलिप्रदान गरिएको थियो।...
चुरियामाई नजिकै बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु, ३६ जना घाइते

चुरियामाई नजिकै बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु, ३६ जना घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
मकवानपुर - पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा झापाको दमक-५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।यस्तै दुर्घटनामा अन्य ३६ यात्रु घाइते भएको प्रवक्ता कार्कीले बताए। काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस अनियन्त्रित भएर नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ। घाइते एक जनाको भने हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइर...
कानुनको धज्जी उडाउँदै पचरौता नगरपालिकाको मेयर

कानुनको धज्जी उडाउँदै पचरौता नगरपालिकाको मेयर

ताजा-अपडेट, मुख्य समाचार
अमरेस कुमार पाण्डेय,बारा- बाराको कलैयामा पचरौता नगर पालिकाका वडा अध्यक्ष पत्रकार सम्मेलन गरेका छन्। कलैया उपमहानगरपालिकामा पचरौता नगर पालिकाका वडा अध्यक्षहरुले पत्रकार सम्मेलन गरेर पचरौता नगर पालिकाले नगर सभा गरेकोले घोर भत्सर्ना गरेका छन्। पचरौता नगर पालिकाको नगर सभा नगर सभा सदस्यलाई बिना सुचना र कार्यालय प्रमुखको बिना उपस्थितिमा अल्पमतको अधारमा स्थानीय सरकार ऐन बिपरित आफू मातहतका केही जनप्रतिनिधि बिचमा नगर सभा सकिए पछि सामाजिक संजालमा सुचना आउदा ध्यानाकर्षण भएकोहो,अल्पमतमा गरिएको नगर सभाको कुनै औचित्य नरहेको यस नगरको नगर सभा बिधि शासन भित्र रहि नगर सभा सदस्यहरुको गर्न गराउन माग गरेका छन्। नेपाल एकात्मक राज्य अन्तय भइ संघिय लोकतान्त्रिक, गणतन्त्र भइ सके ता पनि त्यसको आभाष नगर बासिले नगर्नु नेपालको संविधानकै धज्जी उडाएको नगर प्रमुखको व्यवहारले देखिन्छ आजको नगर सभा हरेक दृस्ठिले का...
गठबन्धनबाट जसपाले यी सिट पाउने

गठबन्धनबाट जसपाले यी सिट पाउने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
जनकपुर - सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ । बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो ।सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँक  र सप्तरी २ पाउने सहमति भएको छ ।जसपाले धनुषा ३ मा समेत दाबी गरेपनि कांग्रेसले पनि दाबी छाडेको छैन । यस्तै महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी छ।यसैगरी राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान पाउने भएको छ ।जनकपुर टुडे...
सल्यानमा जिप दुर्घटनाग्रस्त, ८ जनाकाे ज्यान गयो

सल्यानमा जिप दुर्घटनाग्रस्त, ८ जनाकाे ज्यान गयो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सल्यान - सल्यानमा जीप दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट बिहेको भोज खाएर सल्यान फर्किएकाहरु कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटनामा परेका हुन् ।प्रहरीका अनुसार मूलपानीनजिकै आज बिहान २ बजे तिर जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा एकजना गम्भीर घाईते भएका छन् । दुर्घटनामा मृत्यु भएका कसैको नाम खुल्न नसकेको ट्राफिक कार्यालय कपुरकोटका प्रहरी सहायक निरीक्षक डिल्लीप्रसाद आचार्यले जानकारी दिनुभयो ।अहिले ट्राफिक तथा इलाका प्रहरी कार्यालय कपुरकोट, लुहामको प्रहरीको टिम घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । प्रहरीका अनुसार गाडी सडकदेखि करिब दुई सय मिटर तल खोँचमा खसेको छ । गाडीमा नौ जना सवार रहेको प्रहरीको भनाइ छ ।...
मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि नेपालकाे शानदार जित

मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि नेपालकाे शानदार जित

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार साँझ भएको खेलमा नेपालले पाहुना टोली बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।खेलको १८ औँ मिनेटमा गोल गर्दै अञ्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै खेलको २७ औँ मिनेटमा अञ्जनले दोस्रो गोल गरेका थिए भने खेलको ३८ औँ मिनेट तेस्रो गोल गरेका थिए। यससँगै उनले ह्याट्रिक पूरा गरे।पहिलो हाफसम्म नेपालले ३–० गोलको अग्रता बनाएको थियो। तर, खेलको ५७ मिनेटमा बंगलादेशले एक गोल फर्कायो। बंगलादेशका लागि साजाद हुसेनले गोल गरेका थिए।...
साेनाे दिपद्वारा नि: शुल्क पानी एवम् रक्तदानकाे व्यवस्था गर्ने

साेनाे दिपद्वारा नि: शुल्क पानी एवम् रक्तदानकाे व्यवस्था गर्ने

ताजा-अपडेट, मुख्य समाचार
बिरगंज - बिजया दशमीको उपलक्ष्यमा सानाे दिप क्लबले माइस्थान मंदिर अगाडि क्याम राखी नि: शुल्क पानी बितरण एवम् रक्तदानकाे आयाेजना गर्ने भएको छ। आगामी दिनहरूमा गर्ने कार्यक्रम,दशैंका बीचमा ट्राफिक नियन्त्रणका बारेमा छलफल र नयाँ सदस्यको परिचय दिने कार्य भएको क्लब अध्यक्ष कृष कुर्मीले बताए। कृष कुर्मीको अध्यक्षतामा चाैथाे बैठक बसेकाे थियाे ‌। सो कार्यक्रममा प्रमुख अतिथिमा इन्जिनियर रमेश यादव र वरिष्ठ अतिथिमा सानाे पाइलाका सामाजिक परिचालनकर्ता फिरोज अन्सारी सानो दीप(A Little Light)क्लबका उपाध्यक्षमा आयशा पटेल, सचिव दिव्यांशु कर्ण ,सहसचिवमा बिटु गुप्ता , कोषाध्यक्षमा विवेक कुमार पटेल, सदस्य राजीव यादव, बिटु गुप्ता, सुजित गुप्ता, इस्रुहिया, श्रुति पटेल, , आलोक, आशिष, विश्वराज, अभिषेक, युवराज,ओम कार्यक्रम मा सम्मान गर्दै समिति गठन गरिएको हो ।...
सशस्त्र प्रहरी प्रवक्तामा पुरुषाेत्तम थापा‌ नियुक्त

सशस्त्र प्रहरी प्रवक्तामा पुरुषाेत्तम थापा‌ नियुक्त

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - सशस्त्र प्रहरी बलको प्रवक्तामा बरिष्ठ उपरिक्षक (एसएसपी) पुरुषोत्तम थापा नियुक्त भएका छन् । आईजीपी राजु अर्यालले शुक्रवार थापालाई प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् ।यसअघि सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआईजी विदुर खड्कालाई गृह मन्त्रालयले नम्बर-५ विन्ध्याबासनी बाहिनी मुख्यालयमा काज सरुवा गरेको छ ।...
कर्मचारी सुरुवा नगर्न निर्वाचन आयाेगकाे निर्देशन

कर्मचारी सुरुवा नगर्न निर्वाचन आयाेगकाे निर्देशन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - निर्वाचन आयोगले विनाअनुमति कर्मचारीहरुको सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ । आयोगले असोज ६ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको हो ।असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ गतेसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुनेतर्फसमेत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमामार्फत धानाकर्षण गराइएको छ ।...
आज राष्ट्रपति विरुद्धकाे रिटमा सुनुवाई हुने

आज राष्ट्रपति विरुद्धकाे रिटमा सुनुवाई हुने

ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । राष्ट्रपति कार्यालयले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको होरिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वरखिलाफ भएको उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।अधिवक्ता सागर बराल तथा सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेत राष्ट्रपति भण्डारीविरुद्ध बुधबार नै रिट दर्ता गर्न गएक...