सीमा नाकामा थप कडाइ गर्ने केन्द्रिय सुरक्षा समितिको निर्णय
काठमाण्डौ, १३ कात्तिक । सरकारले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने र अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी बनाउने निर्णय भएको छ ।
बैठकमा गृहमन्त्री खाणले अनाधिकृत रुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिने सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरु कडाइ गर्नुपर्नेमा जोड दिनु भएको छ। पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाँच गर्ने निर्णय समेत बैठकमा भएको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भएको गृहमन्त्री खाणको ...









