Thursday, April 16
Shadow

अफगानी नागरिक छिर्न सक्ने आशंकामा जमुनाह नाकामा चेकजाँचमा कडाई

नेपालगञ्ज, १२ कात्तिक । काठमाण्डोमा केही अफगानिस्तानका नागरिकहरु अवैध रुपमा सीमा पार गरेर पुगेपछि सरकारको नेपाल भारतका खुला नाकाहरुमा कडाई गर्ने निर्देशन बमोजिम नेपालगञ्जस्थित जमुनाहा नाकामा पनि कडाई र निगरानी बढाईएको छ ।
तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने आशंका बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशन बमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाई शुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मिन बहादुर विष्टले बताउनुभयो ।
सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बनधमा कडा निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आफगानीहरुले भारत प्रवेश गर्नका लागि भारतीय अधारकार्डको प्रयोग गर्नसक्ने शंका रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताउनुभयो । तर पनि भेषभाषाबाट उनिहरुको पहिचान गर्न सकिने उहाँले जनाउनुभयो ।
फगानिसतानमा तालिवानको कब्जापछि हजारौँले देश छाडेका छन् र सो क्रम अझैपनि जारी छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार दुई दिनअघि संयुक्त सुरक्षा अधिकारीहरुको बैठक बसेर अफगानीहरु नेपाल प्रवेश गर्नसक्ने भन्दै निगरानीका लागि निर्णय नै गरिएको थियो ।
सो निर्णयपछि नेपाल भारत दुबैतर्फका सुरक्षा निकायले नाकामा कडाई गरेर आवागमन गर्नेको चेकजाँच गरिरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *