नेता निधिद्वारा एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह
सचतक नेपाल डेस्क,
धनुषा । नेपाली काँग्रेसका निर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गर्न पुगेका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषामा नेपाली काँग्रेसको बलियो उपस्थितिका लागि एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
निधिले नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनबाट नव निर्वाचित धनुषाका पदाधिकारी एवं सदस्यहरूलाई आज जनकपुरधाममा प्रमाणपत्र वितरण गर्नुहुँदै निर्वाचनमा भएको आन्तरिक प्रतिस्पर्धालाई सामान्य रुपमा लिन आग्रह गर्नुभयो ।
उनले चुनावको समयमा पार्टीभित्र भएको प्रतिस्पर्धा बिर्सेर स्थानीय चुनावमा काँग्रेस उम्मेदवारलाई विजयी गराउनका लागि जनताको मन जित्ने कार्यमा लाग्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका पूर्व उपसभापति निधिले करिब दुई तिहाइको कम्युनिस्ट सरकार पूर्ण अवधि नचलेका कारण नेपाली काँग्रेसको पक्षमा आम जनताको विश्व...








