Sunday, July 26
Shadow

मुख्यमन्त्री निवासमै काटियाे खानेपानीकाे लाईन

सच तक नेपाल डेस्क,
‘बेटी पढाऊ, बेटी बचाऊ’ को नारा दिएर बेटीको नाउमा साइकिल पचाएको अभियोगमा मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागज जब्त गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल सम्म कुनै कारवाही अगाडि न बढाएता पनि नेपाल खाने पानी संस्थानले इमानदारी पुर्वक कारवाही अगाडि बढाएको छ ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय बिरगंजले मुख्यमन्त्री लालबाबु राउत गद्दीका पिता दशरथ राउत गद्दीको नाममा रहेको खानेपानीको लाइन काटिदिएको छ ।

मुख्यमन्त्री राउतको निजी निवास बिरगंज महानगरपालिका वडा नं १३ स्थित रहेको यहि घरको लाइन काटिदिएको हो । प्रदेश भरी सु-शासन कायम गराउछु भनेर सपथ लिएका मुख्यमन्त्री राउतले आफ्नै बुवासंग खानेपानी संस्थानलाई एक लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता तिराउन नसकेपछि लाइन काटिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *