गैर ढंगले गरिएको तोडफोडमा दुई जना पक्राउ
सच तक नेपाल डेस्क ।
रौतहट । जिल्लाको सदरमुकाम गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका छन । गैर ढंगले गरिएको तोडफोडमा २ जना पक्राउ परेका छन् ।
विद्यालयले एउटै विद्यालयमा दुई थरीको शुल्क उठाएको विद्यार्थीहरुको भनाई छ । केही महिना पहिले विद्यालयले चर्को शुल्क उठाएको भन्दै आन्दोलित भएका थिए । आन्दोलन पश्चात विद्यालय प्रशासन, अभिवावक र विद्यार्थीहरुले बीच बसेको बैठकबाट ८ बुँदे माँग पुरा गर्ने निर्णय भएको थियो ।
विद्यार्थीका अनुसार शुल्क मिनाह भएपनि अवैध तरिकाले असुल गरेको शुल्क अझै फिर्ता पाउन सकेका छैनन् । विद्यार्थीहरुले गरेको हिंसात्मक रवैयालाई विद्यालय प्रशासनले आलोचना गरेका छन् । केहि विवाद परेमा तर्कले सामाधान तिर लाग्नुपर्नेमा विद्यार्थीहरुले हिंसालाई बढावा दिएको विद्यालय प्रशासनको भनाई छ । विद्यालयका शिक्षकहरुलाई समेत हातपात गरिएको प्रत...









