Friday, September 11
Shadow

Author: Jeetpur Khabar

निर्वाचनको लागि टेलिकमको नयाँ अफर

निर्वाचनको लागि टेलिकमको नयाँ अफर

ताजा-अपडेट, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, २७ वैशाख, रौतहट । नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवसरमा रुपैयाँ ९८ मा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख छ। उक्त अफर यही वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ । “टेलिकमले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउनेछ”, विज्ञप्तिमा भनिएको छ, “तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रुपैयाँ ९८ मा उपलब्ध हुनेछ। तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएससहितको ३०० एसएमएस प्या...
स्थानिय तह निर्वाचनको मौन अवधि सुरु

स्थानिय तह निर्वाचनको मौन अवधि सुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २७ वैशाख, रौतहट । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ। मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख छ। आचारसंहितामा मौनअवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रात सङ्गठन वा सम्बन्धित व्यक्तिले आचरणपालना गर्नुपर्ने विषयबारे उल्लेख छ । यसैगरी मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, ...
दक्षिण कोरियाको राष्ट्रपतिले लिए सपथ

दक्षिण कोरियाको राष्ट्रपतिले लिए सपथ

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल, दक्षिण कोरिया । दक्षिण कोरियाको राष्ट्रपतिको सपथ युन सुक योलले लिएका छन् । राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् । आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका हुन् । ‘म जनतासामु गम्भीरताका साथ सपथ लिन्छु कि म राष्ट्रपतिको कर्तव्यहरू इमानदारीका साथ पूरा गर्नेछु’, सपथमा उनले भने । छिमेकी प्योङयाङसँग कडाइ गर्ने उनले प्रतिबद्धता जनाएका छन् । एजेन्सी...
रुख चिन्हमा मतदान गर्न देउवाको अपिल

रुख चिन्हमा मतदान गर्न देउवाको अपिल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २७ वैशाख, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा निर्वाचनमा चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति समेत रहनुभएको देउवाले मंगलबार अपिल जारी गरी स्थानीय तह निर्वाचनमा चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गर्नुभएको हो । देउवाले मंगलबार अपिल जारी गरी ‘अरू कुरा गर्छन्, हामी काम गर्छौँ’, ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ कांग्रेसको मूल मन्त्र भएको भन्दै रुखमा मतदान गर्न मतदातालाई अपिल गर्नुभएको हो । कांग्रेसको नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको उहाँले उल्लेख गर्नुभएको छ । संविधानलाई कुल्चेर पटक–पटक संसद् विघटन गरी अधिनायकवादी शैली प्रदर्शन गरेपश्चात् पाँचदलीय गठबन्धन बनेको उहाँको भनाइ छ ।...
शीर्षनेता आज धनुषाको जनकपुरधाम आउँदै

शीर्षनेता आज धनुषाको जनकपुरधाम आउँदै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल, २४ वैशाख, धनुषा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्षनेता आज धनुषाको जनकपुरधाम आउँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनद्वारा आज जनकपुरधाममा आयोजना हुन लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता यहाँ आउन लाग्नुभएको छ । जनकपुरधामस्थित तिरहुतियामा दिउँसो २ बजे आयोजना हुने चुनावीसभालाई कांग्रेस सभापति प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्षनेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिनुभयो ।...
ईदको अवसरमा चामल तथा कपडा वितरण

ईदको अवसरमा चामल तथा कपडा वितरण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २४ वैशाख, रौतहट । रौतहटको परोहा नगरपालिकामा कोबा डेभलपमेन्ट फाउन्डेसनद्धारा गरिब परिवारलाई चामल तथा बालबालिकालाई कपडा वितरण गरिएको छ । मुस्लिम समुदायको महान पर्व ईदको अवसर ३०० गरिब परिवारलाई चामल वितरण गरिएको थियो । त्यस्तै, २ वर्ष देखि १२ वर्षका २५० बालबालिकालाई कपडा वितरण गरिएको फाउन्डेसनका अध्यक्ष वासिम अख्तर (रेयाजी) ले जनाकारी दिए । “हामीले एउटा सानो प्रयास मात्र गरेका छौँ” फाउन्डेसनका अध्यक्ष अख्तरले भने । सबैको घरमा खुशी ल्याउन हामीले सो वितरण गरेको उनले बताए । परोहा नगरपालिका वडा नं.२ जिगाडवा टोलमा सो वितरण भएको उनले बताए । चामल र कपडा पाएपछि स्थानिय हर्सित भए । बितरणको लागि फाउन्डेसन लगायत वासिम अख्तरलाई पनि स्थानियहरुले धन्यवाद ज्ञापन गरेका थिए ।  ...
पुनः श्रीलंकामा आपतकालको घोषणा

पुनः श्रीलंकामा आपतकालको घोषणा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल, कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका छन् । सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए । श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ । सन् १९४८ मा स्वतन्त्रपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।...
स्थानिय निर्वाचन : २४ जिल्लाको मतपत्र छापन्न बाँकी

स्थानिय निर्वाचन : २४ जिल्लाको मतपत्र छापन्न बाँकी

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ९ वैशाख, रौतहट । आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी रहेको छ । ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखम्बु र काठमाडौंमा निर्वाचन सामाग्री समेत पठाइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यस्तै, स्थानीय तह निर्वाचनमा देशभर १० हजार जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । मापदण्ड पुरा गरेका ४४ वटा संस्थाहरुलाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । पर्यवेक्षकहरुले आफू मतदाता भएको स्थानीय तहमा भने निर्वाचनको अनुगमन गर्न पाइने छैन । आयोगले उनीहरुलाई मनोनयनदेखि मतपरिणाम सार्वजनिक हुँदासम्म अनुगमन गर्न अनुमति दिएको हो । पर्यवेक्षकहरुले निर्वाचन सकिएपछि तोकिएको अवधिमा निर्वाचन आयोगमा प्रतिवेदन बुझानुपर्ने छ ।...
एसईई परिक्षाको आज पहिलो दिन

एसईई परिक्षाको आज पहिलो दिन

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क, ९ वैशाख, रौतहट । एसईईको परीक्षाको आज पहिलो दिन रहेको छ । माध्यमिक शिक्षा (एसईई)को परीक्षा शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको छ । परीक्षा सुरु भएको प्रथम दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । ९ गतेदेखि सुरु भएको एसईईको परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । वोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण २ वर्षदेखि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले एसईईको नतिजा सार्वजानिक गर्दै आएको थियो । कोरोना संक्रमण दर न्यून भएसंगै यसपालि भौतिक उपस्थितीमै परीक्षा सुरु भएको छ ।...
बम विस्फोटनमा परि ३० जना घाइते

बम विस्फोटनमा परि ३० जना घाइते

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क । पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटनको घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुन्ख प्रान्तको पेशावर सहरमा शुक्रबार घटना भएको प्रहरीले जनाएको छ।विस्फोटनको सूचना पाउने बित्तिकै सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेका थिए । प्रहरीले तत्कालै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुले घटनामा पिडित भएकाहरुलाई तत्कालै उद्वार गरेर स्थानीय विभिन्न अस्पताल लगेका थिए ।...