Sunday, September 13
Shadow

Author: Jeetpur Khabar

सुचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही

सुचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२४ श्रावन, राैतहट । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ। आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो। विसं २०६५ सालमा स्थापना भएको आयोगले हालसम्म ३३ कार्यालय प्रमुखमाथि कारबाही गरिसकेको सूचना आयुक्त रत्नप्रसाद मैनालीले बताए। सूचना नदिएर कारबाहीमा पर्नेमा सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागमा कार्यरत कार्यालय प्रमुख छन्। हालसम्म सूचना नदिने तथा आंशिक सूचना दिने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक सात, त्रिवि शिक्षा सेवा आयोगका अध्यक्ष चार, त्रिविका शिक्षाध्यक्ष एक, स्थानीय तहका कार्यालय प्रमुख चार, स्कुल तथा क्याम्पसका प्रमुख छ तथा अन्य ११ जना गरी जम्मा ३३ कार्यालय प्रमुखलाई आयोगले कारबाही गरिएको हो। सूचना...
मंसिर ४ काे निर्वाचनका लागि दल दर्ता शुरु

मंसिर ४ काे निर्वाचनका लागि दल दर्ता शुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,२२ श्रावन, राैतहट । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन आयोगमा यही साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सूचित गरेको हो ।निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मितिलगायत विवरण खुलाउनुपर्ने छ ।यसैगरी दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको सङ्गठनात्मक स्वरुप केन्द्रीयस्तर र प्रदेशस्तरको छ÷छैन, त्यसको जानकारी खुलाउनुपर्ने आयोगले जनाएको ...
कैलाली: डुबेर एक बालककाे ज्यान गयो

कैलाली: डुबेर एक बालककाे ज्यान गयो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२१ श्रावन, कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मा आज एक बालकको पानीमा डुबेर ज्यान गएको छ। पानीमा डुबेर ज्यान जानेमा टीकापुर नगरपालिका–१ एकतानगर शिविरका लालसिँह परियारका छोरा वर्ष १२ का दिनेश परियार रहेकाे इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।उनी साथीहरुसँग स्थानीय जमरा कुलोमा नुहाउने क्रममा दिउँसो १२ बजे डुबेर बेपत्ता भएका थिए। उनलाई प्रहरी र स्थानीयले करिब १ घण्टापछि पानीमा डुबेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए।पानीमा डुबेको अवस्थामा फेला परेका परियारलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो। उनलाई टीकापुर अस्पतालका चिकित्सकले मृत घोषित गरेको डिएसपी शाहीले बताए।...
४३ जना डिएसपीकाे काज सरुवा (सुचीसहित)

४३ जना डिएसपीकाे काज सरुवा (सुचीसहित)

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२१ श्रावन, राैतहट । प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् ।...
शनिबार बिहान नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प

शनिबार बिहान नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२१ श्रावन, काठमाडौँ। काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो ।गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।...
चुनावका लागि पाँच दलीय गठबन्धनको निर्णय

चुनावका लागि पाँच दलीय गठबन्धनको निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २० श्रावन, रौतहट । सत्तारुढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँँच दलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । बिहीबार सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि शुक्रबार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।...
पर्सामा २४० किलो गाँजा बरामद

पर्सामा २४० किलो गाँजा बरामद

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
अमरेस कुमार पाण्डेय, २० श्रावन, पर्सा । सशस्त्रले पर्साको बहुदरमाई नगरपालिकाबाट दुई सय चालिस किलो प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनी बर्दिवास र सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण बाट खटिएको सन्युक्त सशस्त्र प्रहरी टोलिले बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरको छपकैयाबाट २ सय ४० किलो प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो । विश्रामपुरको छपकैया स्थित श्री बाल निकेतन ईगलिस बोडिङ्ग स्कुलको पुरानो भवन पछाडी झाँडीमा हरियो घाँस र कर्कलोको पातले लुकाई राखेको अवस्था उक्त परिमाणको लागू औषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी सन्तोष कुमार बस्नेतले बताए । बरामद गरिएको लागू औषध आवश्यक कारवाहीको लागि पर्सा प्रहरीको जिम्मा लगाईएको सूचना अधिकारी बस्नेतले जानकारी दिनु भयो । बरामद गरिए...
कैलालीमा बाघको छाला सहित चार जना पक्राउ

कैलालीमा बाघको छाला सहित चार जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, २० श्रावन, कैलाली । गए राति गोदावरी नगरपालिका-२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट संरक्षित बन्यजन्तु बाघको १ थान छाला र करिब २ किलोग्राम हड्डीहरू सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-२ बस्ने समिर ओली, कैलाली चुरे गाउपालिका-६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका-२ बस्ने राजेन्द्र सिंह भण्डारी रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएका छन् । अवैध किसिमको बाघको छला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले बुडरबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०४-००१ च ०००६ नम्बरको बोलेरोलाई रोक्न खोज्दा नरोकेपछि समिर ओलीले चलाएको उक्त बोलेरोको पिछा गर्दै जाँदा बोलेरोको सिटमा लुकाई ल्याएको उक्त छाला र हड्डीहरू फेला पारी प्रहरीले उनीहरूलाई पक्रा...
नेपाली कांग्रेसका दुई शीर्ष नेता भारत भ्रमणमा

नेपाली कांग्रेसका दुई शीर्ष नेता भारत भ्रमणमा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, २० श्रावन, रौतहट । नेपाली कांग्रेसका दुई शीर्ष नेता पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य सुजाता कोइराला अहिले भारत भ्रमणमा छन् । दुवै छुटाछुटै गएका हुन् । उनीहरू बेग्लाबेग्लै कार्यक्रममा सहभागी छन् । निधि र कोइरालाले भारतमा राजनीतिक भेटघाटसँगै अरू विभिन्न क्षेत्रका व्यक्तिहरूसँग पनि कुराकानी गरेका छन् । कोइरालाले बिहीबार भारतीय जनता पार्टीका नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छन्। भेटवार्ताका तस्बिर सार्वजनिक गरे पनि सुजाताले भेटबारे अन्य कुरा खुलाएकी छैनन् । सुजाता फिल्मसम्बन्धी कार्यक्रममा भाग लिन भारत गएकी थिइन्। सो क्रममा उनले राजनीतिक भेटघाट पनि गरेकी हुन । निधि भने केही समयदेखि नै भारतमा छन्। निधिले सत्तारूढ दल भाजपाका विदेश विभाग प्रमुख बिजय चौथाइवालेसँग पनि भेटवार्ता गरिसकेका छन् । नयाँदिल्लीक...
राैतहटमा एक जना फरार प्रतिवादी पक्राउ

राैतहटमा एक जना फरार प्रतिवादी पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२० श्रावन, राैतहट ।‌ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा वारदात पश्चात फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। बिहिबार जिल्ला प्रहरी कार्यालय राैतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट राजपुर नगरपालिका - १ बस्ने वर्ष ३० काे बाबुजान मियाँ कवारी भन्ने महम्द मैरोदिनलाई पक्राउ गरेको छ। पक्राउ व्यक्तिलाई आज प्रहरीले रौतहट जिल्ला अदालत समक्ष पेस गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी ) बीरबहादुर बुढामगरले जनाएको छ। राैतहट एसपी: बीरबहादुर बुढामगर बुधबार पत्रकार सम्मेलन बिच प्रहरी उपरीक्षक बुढामगरले अपराध अनुसन्धानमा हामी कसैसंग कुनै सम्झौता गर्न नसकिने कसुर अनुसारको कारवाही गरेर कानुनी कटघेरामा ल्याउने प्रतिबद्धता गरेका हुन्। यसअघि पनि शनिबार अपहरण तथा ज्यान मुद्दामा वारदात पश्चात फरार रहेका ३ जना प्रतिवादीहरुलाई राैतहट प्रहरीले पक्राऊ ग...