Sunday, September 13
Shadow

Author: Jeetpur Khabar

पाकिस्तानलाई पराजित गर्दै श्रीलंक बन्याे एसिया कप च्याम्पियन

पाकिस्तानलाई पराजित गर्दै श्रीलंक बन्याे एसिया कप च्याम्पियन

खेलकुद, ताजा-अपडेट
सचतक नेपाल न्युज डेस्क, पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ ।श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि सन् २०१४ मा प्रतियोगिताको उपाधि जितेको थियो । श्रीलंकाले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा एक सय ४७ रनमै समेटियो ।पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५५ रन बनाए । इफ्तिखर अहमेदले ३२ रन बनाए । श्रीलंकाका प्रमोद मदुसनले सर्वाधिक चार विकेट लिए । यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७० रनको योगफल खडा गर्‍यो ।श्रीलंकाका लागि भानुका राजापाक्षेले सर्वाधिक अविजित ७१ रन बनाए । यस्तै, वनिन्दु हसरंगाले ३६ रन जोड्दा धनन्जय डी सिल्भाले २८ रन थपेका थिए । यस्तै, चमिका करुणारत्ने १४ रनमा अविजित रहेका थिए ।पाकिस्तानका ह्यार...
पुजारी हत्याकाण्डमा फरार प्रतिवादी २ वर्ष पछि पक्राउ

पुजारी हत्याकाण्डमा फरार प्रतिवादी २ वर्ष पछि पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव २६ भाद्र, रौतहट । चर्चित पूजारी हत्याकाण्डमा फरार रहेका ४ जनामध्ये १ जना प्रतिवादीलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरी टोलीले खेसरहियाको पुजारी हत्याकाण्डमा फरार अभियुक्तलाई शनिबार पक्राउ गरेको छ । माधवनारायण नगरपालिका–२ खैस्रैया चौक स्थित रहेको हनुमान मन्दिरको ६५ वर्षीय पुजारी श्री राम साहलाई २०७७ साल भाद्र ३ गते राति साढे ८ बजेको समयमा अज्ञात व्यक्तिले कञ्चटमा गोली प्रहार गरी हत्या गरेको थियो । ज्यान सम्बन्धी कसूर तथा संगठित अपराध मुद्दामा फरार रहेका जिल्ला रौतहट देवाही गोनाही नगरपालिका– १ करुनिया वस्ने शेख विकाउ भन्ने मोहमद कासिम आफ्नो घर ठेगानामा लुकी छिपी बसेको अवस्थामा फेला पारी निजलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका नि–सुचना अधिकारी तथा प्रवक्ता (प्रहरी निरीक्षक) दिनेश बहादुर कुँवरले जानकारी...
चन्द्रपुरबाट १७ लाखभन्दा बढीको मालसमान प्रहरीको नियन्त्रणमा

चन्द्रपुरबाट १७ लाखभन्दा बढीको मालसमान प्रहरीको नियन्त्रणमा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २६ भाद्र, रौतहट । प्रहरीले चन्द्रपुरमा गए राति करिब साढे ८ बजे सर्लाहीबाट काठमांडौतर्फ जाँदै गरेको नाईट बसबाट रु.१७ लाख ७५ हजार ३९५ बराबरको मालसमानहरु फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका–४ स्थित अल्पाईन होटल अगाडीबाट उक्त मालसमान बरामद गरेको हो । काठमांडौतर्फ जाँदै गरेको ना.६ ख– १२३३ नं.को नाईट बसलाई रोकी चेकजाँच गर्दा भन्सार छली तथा चोरी पैठारी गरि ल्याएका कपडा, चिनी, चप्रा र दुध लगायतका अन्य मालसामानहरु वेवारीसे अवस्थमा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका नि– सूचना अधिकारी तथा प्रवक्ता (प्रहरी निरीक्षक) दिनेश बहादुर कुँवरले प्रेस विज्ञप्ति मार्फत जनाकारी दिएका छन् । बरामद भएका मालसमानहरु आवश्यक कारवाहीको लागि आज (आइतबार) गौर भन्सार कार्यालयमा बुझ...
प्रतिनिधि सभाको बैठक २९ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक २९ गतेसम्मका लागि स्थगित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २५ भदौं, रौतहट । प्रतिनिधिसभाको शनिबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। शनिबार १ गतेका लागि आह्वान गरिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा अर्को बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको उल्लेख छ। ‘मिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्ने नसक्ने भएको’ भन्ने सूचनामा उल्लेख छ। सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्नेगरी समय तोकेका छन्।...
पुर्वप्रधानमन्त्री तथा  नेकपा एसका अध्यक्ष नेपालद्वारा नि:शुल्क स्वास्थ्य शिविरकाे उद्घाटन

पुर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष नेपालद्वारा नि:शुल्क स्वास्थ्य शिविरकाे उद्घाटन

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२४ भाद्र, राैतहट । बृहत नि: शुल्क विशेषज्ञ स्वास्थ्य शिविरकाे उद्घाटन गर्न पुर्वप्रधानमन्त्री एवंम नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल राैतहटकाे गाैर पुगेका छन्।एकिकृत सरकारी कर्मचारी संगठन, नेपालले आयाेजना गरेकाे नि:शुल्क शिविरकाे उद्घाटनमा गर्न उनी राैतहटकाे गाैर स्थित दाल मिलमा पुगेका थिए। आजबाट शुरु भएको शिविर आइतबारसम्म हुने बताइएको छ। उक्त शिविरमा प्रमुख कन्सल्टेन्ट सर्जन डा. इन्द्र कुमार झा, न्यूराेमेडिसिन डा. अविनाश कुमार झा, कार्डियाेलाेजिष्ट डा. सतिश सिंह, एसाेसेट प्राेफेसर कन्सल्टेन्ट डा. पशुपति बाबु पाेखरेल र डेन्टल डा. गरिमा खड्का लगायतका अन्य विशेषज्ञय चिकित्सकहरु टाेली पुगेका छन्। गाैर नगरपालिका, राजदेवी नगरपालिका, बृन्दावन नगरपालिका ,बाैद्धिमाई नगरपालिका र प्रादेशिक अस्पताल गाैरकाे सहयोगमा शुक्रबार देखि शिविर सञ्चालनमा आएकाे हाे ‌। उक्त कार्यक्रममा प...
माैलापुर: पैसाकाे‌ प्रलाेभनमा‌‌ नक्कली ‌बुवा बनाएर फर्जी जन्मदर्ता वितरण

माैलापुर: पैसाकाे‌ प्रलाेभनमा‌‌ नक्कली ‌बुवा बनाएर फर्जी जन्मदर्ता वितरण

banner-news-1, Uncategorized, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२४ भाद्र, रौतहट। रौतहटको मौलापुर नगरपालिकामा नक्कली अभिवावक(बुवा) बनाई फर्जी जन्मदर्ता वितरण गरेको रहस्य सार्वजनिक भएको छ। बारा जिल्ला घर भएकी एक महिलालाई मौलापुर नगरपालिका- ३ का वडा अध्यक्ष महेस महतोले एक स्थानीयलाई नक्कली बुबा बनाई जन्मदर्ता प्रमाणपत्र बितरण गरेको खुलासा भएको हाे ।‌बाराको महागढिमाई नगरपालिका- ५ बस्ने खोभारी महराकी छोरी चादनी महराको बिहे कलैया उपमहानगरपालिका- २ बस्ने जयनरायण महरासँग भएको प्रमाण छ। तर मौलापुर नगरपालिका ३ बस्ने बिनोद महराले चादनी महराको नक्कली बुबा बनी सम्बन्धि वडा कार्यालयबाट फर्जी जन्मदर्ता बनाएको प्रमाण सार्वजनिक भएको छ। महराले गत १५ गते नक्कली बुबा बनी वडा कार्यालयबाट जन्मदर्ता बनाएको नक्कली प्रमाणपत्रबाट स्पष्ट देखिन्छ।सो घटनाको विषयमा वडा अध्यक्ष महतोसँग बुझदा गाउँको छोरी ठानी जन्मदर्ता बनाएको बताउँछन्। जबकि विनोद महराले आफू...
राष्ट्रिय खेलाडीलाई आफ्नै नाम जाेगाउन धाैधाै , क्यानद्वारा निलम्बन

राष्ट्रिय खेलाडीलाई आफ्नै नाम जाेगाउन धाैधाै , क्यानद्वारा निलम्बन

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२३ भाद्र, राैतहट । देशकै लागि नाम कमाउने राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेको छ । राष्ट्रका लागि नाम कमाउने सफल क्रिकेटर सन्दिपलाई आराेपकै भरमा बलात्कारी ठहर गर्न थालिएकाे छ । नेपाल क्रिकेट संघ(क्यान)काे प्रथम पटक बसेको बैठकबाट तत्काल सन्दिप माथि क्यानले कुनै कार्वाही नगर्ने निर्णय गरेकाे थियाे। तर बिहिबार पक्राउ पुर्जी जारी भएसँगै सन्दिपलाई निलम्बन गरिएको क्यानले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबर्जस्ती करणी (बलात्कार) को आरोप लागेको छ । १७ वर्षीया एक नाबालिका (किशोरी) माथि बलात्कार भएको भन्दै उनका दाजुले नेपाल प्रहरीको प्रहरी वृत्त गौशालामा मंगलबार सन्दीपविरुद्ध जाहेरी दिएका थिए । राष्ट्रकाे नाम गाैरव गर्ने सन्दिपलाई क्यानले पनि साथ छाेडिसकेकाे आजकाे निर्णयले अनुभुति देखा...
चार्जर बिना आउने आईफोन ब्राजिलमा बिक्री गर्न नपाइने

चार्जर बिना आउने आईफोन ब्राजिलमा बिक्री गर्न नपाइने

ताजा-अपडेट, सूचना / प्रविधि
सचतक नेपाल न्यूज डेस्क, २३ भाद्र, रौतहट । एप्पलले आईफोन १२ सार्वजनिक गरेसँगै फोनमा चार्जर समावेश नगर्ने निर्णय गरेको थियो । एप्पलको उक्त निर्णयबाट ब्राजिलियन सरकार त्यति सन्तुष्ट थिएन । त्यहाँको सरकारले चार्जर नआउने आईफोन बिक्री गर्न नपाउने व्यवस्था ल्याएको थियो । आईफोनको बिक्री रोक्नका लागि ब्राजिल सरकारले एप्पललाई २३ लाख डलर (करिब साढे २९ करोड रुपैयाँ) जरिवाना तिराएको थियो । त्यस्तै ब्राजिलको दूरसञ्चार निकायले समेत आईफोन १२ को दर्ता रद्द गरेको थियो । ब्राजिलले एप्पलले आज आयोजना गर्न लागेको ‘फार आउट’ कार्यक्रममाथि नै प्रतिबन्ध लगाएको छ । एप्पलले आयोजना गर्न लागेको कार्यक्रममा कम्पनीले आईफोन १४ (जुन चार्जरबिना नै बजारमा आउनेछ) सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ब्राजिलियन पत्रिका फोल्हा डि एस पाउलोका अनुसार कम्पनीले आफ्नो वेबसाइटमार्फत भने आईफोन १२ बिक्री गर्न पाउनेछ । एप्पलले भन...
अदालतको निर्णयपछि सन्दिपलाई निलम्बन गर्ने तयारीमा क्यान

अदालतको निर्णयपछि सन्दिपलाई निलम्बन गर्ने तयारीमा क्यान

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २३ भाद्र, रौतहट । नेपाल क्रिकेट संघ (क्यान)ले नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी थालेको छ । सन्दीपले बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । नुसन्धानका लागि सन्दीपलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइसकेको छ । सन्दीपलाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएसँगै प्रहरीले सन्दीपलाई जुनसुकै बेला पक्राउ गर्ने भएपछि क्यानले अनुसन्धानमा सहयोग गर्न जिम्मेवारीबाट निलम्बन गर्ने तयारी गरेको हो । क्यान स्रोतका अनुसार आज वा भोलि भित्रमा सन्दीपलाई क्रिकेट कप्तानसहित खेलकुद गतिविधिबाट अनुसन्धान नसकिएसम्म निलम्बन गर्ने भएको हो । सन्दीप भने हाल क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । सन्दीपले आफू निर्दोष र...
झापा: ५ वर्षीय बालिका बलात्कृत, एक जना पक्राउ

झापा: ५ वर्षीय बालिका बलात्कृत, एक जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२३ भाद्र, झापा । झापामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।शिवसताक्षी नगरपालिका-४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको आरोप उनीमाथी छ । साे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...