Sunday, September 13
Shadow

Author: Jeetpur Khabar

मंसिर ४ काे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

मंसिर ४ काे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ।आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरेका छन्।उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्म...
राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - गएराति लागुऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राैतहट प्रहरीले शुक्रबार करिब ९ बजेकाे समयमा माैलापुर देखि काठमाडौंका लागि छुटेकाे यात्रु बसबाट‌ प्रतिबन्धित लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो। मौलापुरबाट काठमाण्डौ तर्फ जानको लागि रात्री बस जिल्ला रौतहट गौर नगरपालिका - ४ बसपार्क भित्र पुगेकाे थियो । गाैर बसपार्क पुगेको ना.८ ख-४७१८ नंम्बरको यात्रु वाहक शुसिल डिलक्स बसलाई चेकजाँच गर्दा बसबाट डाईजोपाम ५७५ थान ऐम्पुल,‌ फेनरागन ५ सय ७५ थान, नुरफिन ५ सय ७५ थान र नाईट्रोभेट ट्याबलेट ४ हजार ५ सय ५० पिस गरी कुल ६ हजार २ सय ७५ प्रतिबन्धित लागुऔषध फेला ‌परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनु भयाे । चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बसको डिकिमा चामलको बोरा भित्र राखिएको उनले बताउनुभयो । लागुऔषध फेला परेपछि जिल्ला रौतहट मौलापुर नगरपालिका- ६ ...
अमेरिकी डीभी खुल्यो

अमेरिकी डीभी खुल्यो

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, सूचना / प्रविधि
काठमाडौं - अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।...
सन्दिपलाई पक्राउ गरि गाैशाला वृत लगियाे

सन्दिपलाई पक्राउ गरि गाैशाला वृत लगियाे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान पक्राउ परेका छन् । उनलाई अहिले हतकडी लगाएर प्रहरी वृत्त गौशालामा लगिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।उनले आफूलाई हतकडी नलगाउन प्रहरीलाई आग्रह गरेका थिए ।दोहाबाट कतार एयरवेजको विमानमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबार्ट नियन्त्रणमा लिइएको हो ।कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।...
४ लाख रुपैयाँ सहित ११ जुवाडे प्रहरी फन्दामा

४ लाख रुपैयाँ सहित ११ जुवाडे प्रहरी फन्दामा

ताजा-अपडेट, मुख्य समाचार
दार्चुला - दार्चुलामा दार्चुलामा ४ लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ परेका छन् ।महाकाली नगरपालिका–४ तिंकर खेडा बस्ने प्रेम सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंह सहित ११ जनालाई  प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २ हजार ३ सय ६० रुपैयाँ, ३ गड्डी तास र जुवा खेल्न प्रयोग गर्ने ५३ गोटीसहित पक्राउ गरेको हो । ...
जनकपुरकाे राजदेवी मन्दिरमा करिब १५ हजार बाेकाकाे बलि

जनकपुरकाे राजदेवी मन्दिरमा करिब १५ हजार बाेकाकाे बलि

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर - जनकपुरधामको राजदेवी मन्दिरमा बलिप्रदानको कार्यक्रम सकिएको छ। सोमबार राती ८ बजेदेखि सुरु भएको बलिप्रदान मंगलबार बिहान् ३ बजेर ५३ मिनेटसम्म चलेको थियो।यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो। बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू सोमबार दिउँसैदेखि बोका लिएर लाममा बसेका थिए।बोकाबलीका लागि यसपालि मन्दिरमा ४ वटा ठेहा राखिएको थियो। प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो। एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो।राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलिप्रदान गरिएको थियो।...
चुरियामाई नजिकै बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु, ३६ जना घाइते

चुरियामाई नजिकै बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु, ३६ जना घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
मकवानपुर - पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा झापाको दमक-५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।यस्तै दुर्घटनामा अन्य ३६ यात्रु घाइते भएको प्रवक्ता कार्कीले बताए। काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस अनियन्त्रित भएर नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ। घाइते एक जनाको भने हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइर...
कानुनको धज्जी उडाउँदै पचरौता नगरपालिकाको मेयर

कानुनको धज्जी उडाउँदै पचरौता नगरपालिकाको मेयर

ताजा-अपडेट, मुख्य समाचार
अमरेस कुमार पाण्डेय,बारा- बाराको कलैयामा पचरौता नगर पालिकाका वडा अध्यक्ष पत्रकार सम्मेलन गरेका छन्। कलैया उपमहानगरपालिकामा पचरौता नगर पालिकाका वडा अध्यक्षहरुले पत्रकार सम्मेलन गरेर पचरौता नगर पालिकाले नगर सभा गरेकोले घोर भत्सर्ना गरेका छन्। पचरौता नगर पालिकाको नगर सभा नगर सभा सदस्यलाई बिना सुचना र कार्यालय प्रमुखको बिना उपस्थितिमा अल्पमतको अधारमा स्थानीय सरकार ऐन बिपरित आफू मातहतका केही जनप्रतिनिधि बिचमा नगर सभा सकिए पछि सामाजिक संजालमा सुचना आउदा ध्यानाकर्षण भएकोहो,अल्पमतमा गरिएको नगर सभाको कुनै औचित्य नरहेको यस नगरको नगर सभा बिधि शासन भित्र रहि नगर सभा सदस्यहरुको गर्न गराउन माग गरेका छन्। नेपाल एकात्मक राज्य अन्तय भइ संघिय लोकतान्त्रिक, गणतन्त्र भइ सके ता पनि त्यसको आभाष नगर बासिले नगर्नु नेपालको संविधानकै धज्जी उडाएको नगर प्रमुखको व्यवहारले देखिन्छ आजको नगर सभा हरेक दृस्ठिले का...
गठबन्धनबाट जसपाले यी सिट पाउने

गठबन्धनबाट जसपाले यी सिट पाउने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
जनकपुर - सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ । बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो ।सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँक  र सप्तरी २ पाउने सहमति भएको छ ।जसपाले धनुषा ३ मा समेत दाबी गरेपनि कांग्रेसले पनि दाबी छाडेको छैन । यस्तै महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी छ।यसैगरी राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान पाउने भएको छ ।जनकपुर टुडे...
मैले देखेको यूवा पुस्ता…

मैले देखेको यूवा पुस्ता…

ताजा-अपडेट, विचार
निलु झा, मैले वा हामीले देखिरहेका हेरिरहेका किशोर किशोरी तथा यूवाहरुको बारेमा आज केहि लेख्ने आँट गरेको छु ।हामी र अहिलेको पुस्तामा कतिको फराकिलोपन आईसकेको रहेछ भन्ने कुरा अनुभव भैरहेको छ ।हामी दश कक्षा पढीसकेपछि पनि मोबाईल हेर्न पाएका थिएनौ । भने अहिलेको बच्चाहरु शुरुदेखि नै मोबाईल भलाउ पोख्त भैसकेका छन् । हामी पढने बेलामा शिक्षकले कहिले काहि गल्ति नगर्दा पनि भूलवस सजाय दिदाँ पनि चुईक्क नबोल्ने हामी तर अहिलेको किशोर किशोरीहरुलाई गल्ति गर्दा पनि कतिपय शीक्षकको सजाय गर्ने आँट आउदैन ।यता शिक्षक पढाई रहेका हुन्छन भने अर्कोतिर केहि उत्शृख्ल बिधार्थिहरुले टिकटक बनाई रहेको समेत सूनेको छु ।हाल म घर बाट ऋफिस जाने क्रममा केहि किशोरीहरुलाई हेर्छु जो प्राय अरुभन्दा एकलिएर एउटा केटासंग कुरा गरिरहेको हुन्छ भने केहिको कानमा मोबाईल फोन हुन्छ त्यो फोनको कुरा गर्न लाई बाटोमै उभिएर कतिक बेर क...