Friday, September 11
Shadow

Author: Jeetpur Khabar

दाङ : बञ्चराेबाट आफ्नै श्रीमानको हत्या

दाङ : बञ्चराेबाट आफ्नै श्रीमानको हत्या

ताजा-अपडेट, मुख्य समाचार
दाङ – दाङमा एक महिलाले बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्।बंगलाचुली गाउँपालिका वडा नं. १ सिउजाडाँडामा ५७ वर्षीया केशरादेवी दमाइले ६४ वर्षीय श्रीमान रेशमबहादुर दमाइको हत्या गरेकी हुन्।जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार बिहीबार बिहान ९ बजेतिर आपसी विवाद हुँदा श्रीमतीले श्रीमानमाथि बञ्चरोले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले हत्या आरोपमा केशरादेवीलाई पक्राउ गरेको छ।घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी सहायक निरीक्षक सहदेव योगीको कमाण्डमा टोली खटिएको थियो।घटनाको कारण खुलिनसकेको कार्यालयले जनाएको छ।...
अस्ट्रेलिया पठाउने भनी ३० लाख ठगी गर्ने एक महिला पक्राउ

अस्ट्रेलिया पठाउने भनी ३० लाख ठगी गर्ने एक महिला पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। अस्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१३ घर भई हाल काठमाडौं महानगरपालिका-१ लाजिमपाट बस्‍ने २५ वर्षीया सयना रहेका छन् ।उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाजिमपाटबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।उनले पीडितहरुबाट पटक पटक गरी ३० लाख रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।...
कतारसँग नेपाल बिजयी

कतारसँग नेपाल बिजयी

खेलकुद, ताजा-अपडेट
काठमाडौं - एसीसी प्रिमियर कपको अन्तिम लिग खेलमा सन्दीप लामिछानेको घातक बालिंग सामु कतार घुडा टेक्दै ८९ रनमा अलआउट भएका छन् ।नेपाले प्रस्तुत गरेको १५८ रनको सानो लक्ष्यलाई पुरा गर्न कतार निरीह बन्दै हार बेहोर्न बाध्य भएका हुन् । नेपालको जित संगै सेमिफाइनलमा सहज प्रवेश पाएको छ ।नेपालले सुरु देखि नै कतार माथि दबाव बनाएका थिए । नेपाली बलरको दबाव सहन नसकी ८९ रनमा अलआउट भए । नेपालको लागि लेग स्पीनर सन्दीप लामिछाने ५ विकेट, सोमपाल कामी ३ विकेट, ललित राजबंशीले २ विकेट लिएर कतारलाई घुडा टेकाए । सन्दीपलाई पाँचौं विकेक दिलाउन गुल्सन झाको उत्कृष्ट क्याचको महत्वपूर्ण योग्यदान रहे । आजको म्याच अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका सन्दीप लामिछानेले पाए । नेपाल समुहमा पहिलो स्थान बनाउन सफल भएको छ ।...
नेपाल प्रहरीकाे केन्द्रीय प्रवक्तामा कुवेर कडायत

नेपाल प्रहरीकाे केन्द्रीय प्रवक्तामा कुवेर कडायत

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौ - नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताकाे जिम्मेवारी तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहिबार जनाएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कडायतलाई मोबाइल नम्बर ९८५१२-९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolic मा सम्पर्क गर्न सकिने छ ।...
अरुकाे नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

अरुकाे नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौंको दक्षिणढोका ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने धादिङका २८ वर्षीय राजेश शाहीलाई पक्राउ गरेको हो ।कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए । उनले ट्राफिक प्रहरीले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नका लागि विशेष कडाइ गरेको बताए ।ट्राफिक प्रहरीले अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमतिपत्र निकाल्दा दक्ष चालकको कमी भई दुर्घटनासमेत निम्तिने भएकाले ट्रायल सेन्टरमा थप निगरानी बढाइएको प्रवक्ता भट्टले बताए ।...
एकै दिन सुनसरी प्रहरीद्वारा २२ फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरी प्रहरीद्वारा २२ फरार प्रतिवादी पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सुनसरी । एकै दिन सुनसरी प्रहरीले २२ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जनाएका छन् ।पक्राउ परेकाहरु अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरु रहेको एसपी ढकालले बताए । पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । चालु आर्थिक वर्ष २०७९–८० मा अदालतबाट कैद तथा जरिवाना तोकेका ३ सय ३७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए ।सुनसरी प्रहरीले र फरार प्रतिवादीहरू पक्राउ गर्न विशेष टोली बनाएर अभियान नै चलाइरुहेको ढकालले बताए ।कुनै अपराधमा संलग्न भएर पक्राउ नपरेका व्यक्तिहरु गाउँघरमा लुकिछिपी बसेको भए तत्क...
आज नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै

आज नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै

खेलकुद, ताजा-अपडेट
काठमाण्डौ। काठमाडौंमा जारी एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा आज नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै छ । त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।...
किन अहिले सुडानमा चर्कियो लड़ाई ?

किन अहिले सुडानमा चर्कियो लड़ाई ?

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सुडानको राजधानी खार्टूम र अन्य स्थानमा दुई सैन्य समूहबीच सङ्घर्ष हुँदा सयौँ मानिसको मृत्यु भएको छ।संयुक्त राष्ट्रसङ्घले त्यहाँ अस्थिर बनिरहेको युद्धविरामलाई कायम राख्न, त्यहाँ लडिरहेका दुवै पक्षका जेनरलहरूसँग सम्पर्कमा रहेको जनाएको छ। राष्ट्रसङ्घीय अधिकारीहरूले त्यहाँ विधिको शासन अझ कमजोर हुनेमा आफूहरू चिन्तित रहेको बताएका छन्।हजारौँ सुडानीहरू भागेर चाड, इजिप्ट, र दक्षिणी सुडानसहितका छिमेकी देशहरूतर्फ गएका छन्।त्यहाँ भएका विदेशी नागरिकहरूलाई सम्बन्धित देशले स्वदेश फिर्ता गर्ने वा सुरक्षित स्थानमा लैजाने प्रयास गर्न थालेका छन्। केही नेपालीहरू पनि अलपत्र परेको विवरण प्राप्त भएको छ।बीबीसी अरेबिककी स्याली नबिलले सुडानको सैन्य नेतृत्वमा देखा परेको प्रतिद्वन्द्विताका कारण उत्पन्न सत्तासङ्घर्षलाई यो सामग्रीमा व्याख्या गरेकी छन्। बीबीसी...
३३ निर्माण कम्पनीकाे लाइसेन्स खारेज

३३ निर्माण कम्पनीकाे लाइसेन्स खारेज

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ। मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार एक सूचना जारी गर्दै ती निर्माण व्यवसायीको इजाजत रद्द गरेको जानकारी गराएको हो। निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९–०८० का लागि चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेका व्यवसायीहरूको निर्माण व्यवसाय इजाजतपत्र खारेज गरिएको सूचनामा उल्लेख छ।...
बबरमहलमा धुँवा फाल्ने १५ सवारी साधन माथी कारबाही

बबरमहलमा धुँवा फाल्ने १५ सवारी साधन माथी कारबाही

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ । मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । काठमाडौँको बबरमहलमा बुधवार गरिएको प्रदुषण चेकिङका क्रममा उनीहरु कारबाहीमा परेका हुन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस ७ वटा, माइक्रोबस ५, पिकअप भ्यान २ र ट्रक १ गरी १५ वटा सवारी साधनका चालकहरू कारबाहीमा परेका हुन् ।वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधन फेला परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।कारबाहीमा परेकाहरुलाई सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरेसँगै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने उनको भनाइ छ।...