Friday, September 11
Shadow

Author: Jeetpur Khabar

प्रहरी श्रीमति संघको वार्षिक उत्सवमा रौतहट प्रहरीद्वारा रक्तदान कार्यक्रमको आयोजना

प्रहरी श्रीमति संघको वार्षिक उत्सवमा रौतहट प्रहरीद्वारा रक्तदान कार्यक्रमको आयोजना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, रौतहट । रौतहट प्रहरी कार्यालयले रक्तदान कार्यक्रम तथा वृक्ष रोपन कार्यक्रमको आयोजना गरि नेपाल प्रहरी श्रीमति संघको ३९ औं वार्षिक उत्सव मनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटले नवनिर्मित भवनको सभाहलमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । आज सम्पन्न रक्तदान कार्यक्रममा लगभग ८० जनाले रक्तदान गरेका हुन् । जसमध्ये जनपद प्रहरी, ट्राफिक प्रहरी, गौर नगरपालिकाका नगरप्रहरी लगायत अन्य व्यक्तिहरुले रक्तदान गरेका थिए । नेपाल प्रहरी श्रीमति संघ केन्द्र कार्यालयबाट आएको निदेर्शन अनुसार विभिन्न कार्यक्रमको आयोजना गरि ३९ औं वार्षिक उत्सव मनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले सचतक नेपाललाइ बताउनु भयो । आरडिसि नेपाल रौतहट, नेपाल रेडक्रस सोसाइटी रौतहट र न्यू उज्यालो युवा क्लब रौतहटको सहयोगमा आजको रक्तदान कार्यक्रम सम्पन्न भएको हो । ...
लखन्देही पुलमा अज्ञात युवककाे टाउको मात्र फेला

लखन्देही पुलमा अज्ञात युवककाे टाउको मात्र फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
नवलपुर । पुर्व -पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीकाे हरिवन नगरपालिका ४ स्थित लखन्देही पुल मुनी अज्ञात युववकाे टाउकाे मात्र फेला परेको छ। घटनास्थल बिहिबार बिहान स्थानीयले खाेलाकाे बगरमा घाँटीबमट छिनाएको टाउको मात्रै देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। हाल प्रहरी टाेली घटनास्थलमा पुगेर थप अनुसन्धान थालिएको सर्लाही प्रहरीका सुचना अधिकारी डिएसी दीपेन्द्र पन्जियार थारुले जनाएको छ । उनका अनुसार घटनास्थलकाे निरिक्षण गर्दा युवककाे भर्खरै हत्या भएको देखिन्छ। त्रसित तरिकाले गरिएको हत्याकाे अनुसन्धान गर्न प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी आफै घटनास्थल पुगेका हुन् । युवककाे हत्या घटनास्थल मै भएको कि बाढीले बगाएर ल्याएको भने अझै खुल्न सकेकाे छैन।...
माैसम अपडेट : वर्षा अझै केही दिन हुने अनुमान

माैसम अपडेट : वर्षा अझै केही दिन हुने अनुमान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडाैं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतिर अवस्थित रहेकाले मनसुन सक्रिय भएको छ ।“मनसुन थप सक्रिय भएको छ । वर्षा केही दिन हुने देखिन्छ तर लगातारको वर्षा भने हुने देखिदैन”, मौसमविद् महर्जनले भन्नुभयो । काठमाडौँ उपत्यकामा अहिले हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ६४ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसममा सुधार आउन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।अहिले काठमाडौँको उत्तरपूर्वी र दक्षिणभेगतिर हल्का वर्षा भइरहेको छ । ...
वर्षौ देखि निःशुल्क औषधीलाई खरिद गराई जनतालाई ठग्दै प्रादेशिक अस्पताल गौर

वर्षौ देखि निःशुल्क औषधीलाई खरिद गराई जनतालाई ठग्दै प्रादेशिक अस्पताल गौर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट - नेपाल सरकारबाट प्रदान हुने निःशुल्क औषधी पनि बाहिरबाट खरिद गराई सेवा ग्राहीलाई रौतहटको सरदुकाम गौर स्थित प्रादेशिक अस्पतालले वर्षो देखि ठग्दै गरेको तथ्य बाहिरिएको छ । प्रादेशिक अस्पताल गौरमा भएको कर्मचारी अभावलाई एक महिनाको लागि रौतहट जिल्ला अन्र्तगत यमुनामाई गाउँपालिकाले पुरा गरेको छ । प्रादेशिक अस्पतालका कर्मचारीहरु धमाधम सरुवा लिन थालेपछि अस्पतालमा जनशक्तिको ठुलो अभाव हुन थालेको हो । केहि दिन पहिला प्रादेशिक अस्पताल गौरका व्यवस्थापन समितिका अध्यक्ष अनवर हाश्मीले कम्तीमा १ महिनाको लागि स्टाफ पठाइ सहयोग गर्न अनुरोध गरेका थिए । सोही अनुरोधलाई कदर गर्दे यमुनामाई गाउँपालिका लगायत अन्य पालिकाहरुले सहयोग गरेका हुन् । आर्थिक बजेटको भागबन्डा नमिलेर एकपछि अर्को सरुवाको कारण भइरहेको अशंका छ । भनिन्छ, स्वास्थ्य नै धन हो र अस्पताललाई मन्दिर साथै स्वास्थ्यकर्मीलाई देवताको स्वरुप मानिने ...
१०० किलाे सुन काण्ड : सिआईबीका एसपी सञ्जय थापाकाे नेतृत्वमा अनुसन्धान

१०० किलाे सुन काण्ड : सिआईबीका एसपी सञ्जय थापाकाे नेतृत्वमा अनुसन्धान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - करिब सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) सञ्जय थापाको नेतृत्वमा हुने भएको छ । थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले लोकान्तरलाई जानकारी दिनुभएको छ। आइतवार राजस्व अनुसन्धान विभागले सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो । ‘१०० किलो सुन प्रकरणको नेतृत्व अर्थात् अनुसन्धान अधिकृतको रूपमा सीआईबीका एसपी सञ्जय थापाले गर्नुभएको छ,’ प्रवक्ता कडायतले भने । सीआईबीले राजस्व अनुसन्धान विभागको अनुसन्धानलाई समेत आधार मानेर थप अनुसन्धान गर्ने भएको छ । विभागले अहिलेसम्म गरेको अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा नयाँ तथ्य खोजी गर्न लागिएको प्रहरीले जनाएको छ ।सुनप्रकरणमा अहिलेसम्म ट्याक्सी चालकदेखि कुख्यात भनिएका बेल्जियम नागरिक दावा छ...
खाेलाकाे बाढीले बगाएको ११ दिनपछि मृतभेटिए बालक साजन

खाेलाकाे बाढीले बगाएको ११ दिनपछि मृतभेटिए बालक साजन

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि मृत भेटएका छन्।बिहीबार दक्षिणकालीस्थित बागमती नदी किनारमा उनकाे शव फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडाैंले जनाएकाे छ।खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खटिएको थियो।काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत साजन साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए।एजेन्सी...
ट्याक्टर सहितकाे सेफ्टि ट्यांकी फतुवा विजयपुर नगरपालिकाद्वारा खरिद , अवैध शुल्कबाट स्थानीयलाई राहत

ट्याक्टर सहितकाे सेफ्टि ट्यांकी फतुवा विजयपुर नगरपालिकाद्वारा खरिद , अवैध शुल्कबाट स्थानीयलाई राहत

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, राैतहट । नगरलाई सफा र दिशामुक्त बनाउने लक्ष्य अन्तर्गत फतुवा बिजयपुर नगरपालिकाले सेफ्टी ट्यांकी सहितकाे ट्याक्टर खरिद गरेकाे छ। राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाले खरिद गरेकाे नयाँ सेफ्टि ट्यांकी सहितकाे ट्याक्टर बिहिबार देखि सञ्चालनमा आएको छ ‌ । नगरप्रमुख अम्बेया खातुन र निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु राय यादव काे बिशेष पहलमा सेफ्टि ट्यांकी आज पालिकामा पुगेकाे छ । नगरभरी प्रयाेगमा भएका चर्पीहरु अब सजिलै सफा गर्ने भएपछि स्थानीयहरु राहत पाएका छन्। सेफ्टी ट्यांकीकाे अभाव कारण प्रायः चर्पीहरु जीर्ण र प्रयोग बिहिन अवस्थामा छ । तर अब सेफ्टी ट्यांकी आएसँगै ती बन्द चर्पीहरु पनि पुन: सुचारु हुने अनुमान गरिएको छ। बाहिर बाट बाेलाएका सेफ्टी ट्यांकीले अवैधरुपमा बढी पैसा लिने गरेकाे स्थानीयहरु बताउँछन्। "अब आफ्नै नगरमा ट्य...
करार कर्मचारीको कारण बेथितिको हब बन्दै चन्द्रपुर नगरपालिका

करार कर्मचारीको कारण बेथितिको हब बन्दै चन्द्रपुर नगरपालिका

ताजा-अपडेट, मुख्य समाचार
राैतहट - चन्द्रपुर नगर कार्यपालिकाको कार्यालयमा स्थायी दरवन्दीका कर्मचारीहरु हुँदा हुँदैपनि पछिल्लो समय करारका कर्मचारीको हालीमुहाली हुँदै गइरहेको पाइएको छ । उक्त नगरपालिकामा अधिकृत सरहका कर्मचारी समेत महिनौदेखि जिम्मेवारी विहीन झै भएर बस्ने गरेको पाइएको हो । चन्द्रपुर नगरपालिका कार्यालयमा सरुवा भएर आएका निजामती सेवाका प्रशासन र प्राविधिकतर्फका कर्मचारीलाई नगरपालिकाले उचित जिम्मेवारी नदिदा उनीहरुको कार्यसम्पादन समेत करार सेवाका कर्मचारीहरुले गरिरहेका छन । नगरपालिका कार्यालयमा हाजिर भएदेखिका केही करार कर्मचारीहरु दिनभर चिया पसल र बरण्डामा दिन बिताएर बस्नु बाहेक कुनै जिम्मेवारी कार्यालयले दिन सकेको देखिदैन । ‘यहाँ आउने निजामती सेवाका कर्मचारी र प्राविधिक सेवाका कर्मचारीलाई रैथाने भएर करार सेवामा जागिर खादै गरेका कर्मचारीले अयोग्य प्रमाणित गर्ने र जिम्मेवारी नदिएर बाध्य भई अन्यत्रै स...
भन्सार छलीकाे कुुखुरा राैतहट प्रहरीद्वारा नष्ट ( भिडियोसहित)

भन्सार छलीकाे कुुखुरा राैतहट प्रहरीद्वारा नष्ट ( भिडियोसहित)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - साेमबार राैतहट प्रहरीले अवैध कुखुराहरु नष्ट गरेकाे छ ‌। भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको १६ वटा कुखुरा जिल्ला प्रहरी कार्यालय राैतहटले नष्ट गरेकाे छ। प्रहरीका अनुसार साइकलमा कुखुरा लाेड गरी नेपाल तर्फ ल्याउदै गरेको उक्त कुखुराहरु प्रहरीले नियन्त्रणमा लिएको छ । राैतहटकाे सदरमुकाम गाैर नगरपालिका वार्ड नं १ बाट ४५ किलाे बारबारकाे १६ वटा कुखुरा जिल्ला प्रहरी कार्यालय राैतहटले बरामद गरी गाैर कार्यालयमा ल्याई नष्ट गरेको छ। भारतबाट ल्याएको कुखुरा दुषित भएको अनुमान पछि यस्ताे कठाेर कदम चालेकाे प्रहरीकाे भनाई छ। भन्सार‌ छली संगै प्रदुषित कुखुराबाट नयाँ बिरामीहरु पनि उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले कुखुरा नष्ट गरेकाे हाे ‌। साइकलमा कुखुरा लाेड गरेका चालक प्रहरीलाई देख्ने बित्तिकै भरार भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। भिडिय...
‘फेरी भेटाैला कार्यक्रम’ प्रादेशिक अस्पताल गाैरमा सु-सम्पन्न

‘फेरी भेटाैला कार्यक्रम’ प्रादेशिक अस्पताल गाैरमा सु-सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रादेशिक अस्पताल गाैरद्वारा आयाेजित फेरी भेटाैला कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। आइतबार राैतहट जिल्लाकाे सदरमुकाम गाैर स्थित प्रादेशिक अस्पतालले आयाेजना गरेकाे फेरी भेटाैला कार्यक्रम सम्पन्न भएको हाे । प्रादेशिक अस्पतालमा कार्यरत ४ जनाकाे सरुवा भएपछि अस्पतालका व्यवस्थापन समितिले उक्त स्वास्थ्यकर्मीहरुलाई सम्मानस्वरुप बिदाई कार्यक्रमकाे आयाेजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष अनवर हाशमीले बताउनुभयो। कार्यक्रममा मन्तव्य राख्दै बायाेमेडिकल टेक्निसियन प्रसन्सा चाैधरी भावुक हुँदै दुई वर्षकाे अनुभव जिन्दगीभरीका सम्झना भएर बस्ने बताइन् । कार्यक्रम आयाेजक र सम्पुर्ण अस्पताल टाेलीलाई धन्यवाद समेत ज्ञापन गरेकी थिइन् । बायाेमेडिकल टेक्निसियन प्रसन्सा चाैधरी , स्टाफ नर्स पिन्की साह, सहायक फर्मासिस्ट धिरेन्द्र प्रसाद गुप्ता, स्टाफ नर्स लक्ष्मी राेकायालाई फुलमाला, दाेसल्...