Monday, March 2
Shadow

अन्तिम संस्कारकाे लागि शव पुग्याे बैंकमा, कर्मचारीकाे साताे गयाे

पटना – भारतको बिहार राज्यको पटनामा एक बैंकमा एउटा शव आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्मचारीहरुको सातो गयो । पटनाछेउको शाहजहाँपुर थाना क्षेत्रको सिगरियावांमा केनरा बैंकको शाखामा शव पैसा लिन पुगेको हो ।

त्यहीका स्थानीय महेश यादवको मंगलबार बिहान मृत्यु भएको थियो । मृत्युपछि गाउँलेहरुले अन्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारीसँग मागे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् ।

यो कुराले रिसाएका गाउँलेले यादवको लाश लिएर बैंकमा पुगे र लाशलाई बैंकभित्र राखिदिए । लगभग ३ घण्टासम्म बैंकमा महेशको लाश त्यत्तिकै रह्यो ।गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् ।

अन्तिममा म्यानेजरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई दिएर विवाद सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको लाश लिएर अन्तिम संस्कारको लागि गए । खासमा महेशको बिहे भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् ।

बैंक खातामा उनले आफ्नो कुनै हकदार पनि उल्लेख गरेका थिएनन् र उनको केवाइसी फाराम पनि जम्मा भएको थिएन । त्यसैले बैंकले प्रक्रिया पूरा नगरी उनको पैसा दिन मानेको थिएन ।

भारतीय सञ्चारमाध्यम

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 5481