Thursday, April 16
Shadow

मंसिर ४ काे निर्वाचनका लागि आयाेगले करिब डेढ करोड रुपैयाँको लाहा र जेलपेन खरिद गर्ने

सचतक नेपाल डेस्क,
२२ भाद्र, राैतहट । निर्वाचन आयोयगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब डेढ करोड रुपैयाँको लाहा र जेलपेन खरिद गर्ने भएको छ ।

जेल पेन र लाहा खरिदका लागि १ करोड ४२ लाख १९ हजार ९२० रुपैयाँको बोलपत्र आह्वान आयोगले स्वीकृत गरेको छ ।

गत भदौ १७ गतेसम्म दर्ता हुन आएका बोलपत्रहरुमध्ये निर्वाचन आयोग ऐन २०७३ को दफा ३८ बमोजिम भदौ २१ गतेको निर्णयअनुसार अनामनगरस्थित लक्की एएस इन्टरप्राइजेजलाई प्रदान गरिएको आयोगले बुधबार एक सूचनामार्फत जानकारी दिएको हो ।

सम्झौता स्वीकृत भएसँगै अब बोलपत्र दाताले २३ गतेभित्र कार्य सम्पादन जमानत र सप्लाई गरिने लाहा र जेलपेन ३० दिनभित्र आपूर्ति गर्न सक्ने आधार र प्रमाणसहित पेस गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *