Friday, April 17
Shadow

Tag: voters name list

मंसिर ४ काे निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

मंसिर ४ काे निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एक करोड ७९ लाखभन्दा धेरैले मतदान गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले आज शुक्रवार स्वीकृत गरेको मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता कायम भएका हुन् । जसमा ८८ लाख ४७ हजार पाँच सय ७९ जना महिला, ९१ लाख ४० हजार आठ सय ६ जना पुरुष र एक सय ८५ जना अन्य रहेका छन् ।आउँदो चुनावमा सबैभन्दा धेरै मतादाता मोरङमा सात लाख ३५ हजार पाँच सय २५ जना र सबैभन्दा कम मतदाता मनाङमा ६ हजार सात सय ७९ जना रहेका आयोगले जनाएको छ ।यस्तै आयोगले आउँदो चुनावका लागि १० हजार आठ सय ९१ मतदातस्थल र २२ हजार दुई सय २६ मतदान केन्द्र कायम गरेको छ । मोरङमा आठ सय ३९ वटा मतदान केन्द्र रहेका छन् भने मनाङमा २८ वटा रहेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।...