Tuesday, June 2
Shadow

Tag: underage

मुम्बईबाट ८ नेपाली बालक उद्धार, ६‌ जना राैतहटकै

मुम्बईबाट ८ नेपाली बालक उद्धार, ६‌ जना राैतहटकै

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - सामुदायिक विकास तथा सचेतना नेपालको पहल तथा जागृती बाल तथा युवा सरोकार नेपालको सहयोगमा बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिममा रहेका ८ नेपाली बालकको उद्धार गरिएको छ । विगत १५ बर्ष देखी बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको सामुदायिक विकास तथा सचेतना नेपालले भारतीय सामाजिक संस्था र भारतीय प्रहरीको समन्वयमा लामो समयदेखी भारतमा रहेका बालकहरुको उद्वार गरिएको हो ।उद्दार गरि ल्याईको बालकहरुलाई राष्ट्रिय बाल अधिकार परिषद, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट लगायत सरोकारवाला निकायको समन्वयमा आज (चैत १६ गते) ६ जनालाई परिवारमा पुर्नमिलन र २ जनालाई मानव सेवा आश्रम मार्फत् पारिवारिक पुर्नमिलन गर्ने गरि जिम्मा लगाइएको थियो । पछिल्लो समय नेपालबाट विभिन्न बहानामा बालबालिकाहरु ओसारपसार गरी भारत लगायत अन्य मुलुकहरुमा लैजाने क्रम बढेको साथै बालिका तथा महिलामात्रै बेचविखन...