नेविसंघका बिधार्थीहरुबाट असुरक्षित त्रिवि, गृहसँग सुरक्षाकाे माँग
सचतक नेपाल डेस्क १२ भदाै, राैतहट । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।नेविसंघको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी र कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक कामकारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध गर्ने कार्य गरिरहेको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा भनिएको छ,'विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना भई सो बारेमा छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक कान्तिपथ, जमलस्थित होटेल एल्लो प्यागोडामा मिति २०७९/५/१० को दिन बेलुकी ४ः३० बजे बस्न...
