Thursday, April 16
Shadow

Tag: sun kand

१०० किलाे सुन काण्ड : सिआईबीका एसपी सञ्जय थापाकाे नेतृत्वमा अनुसन्धान

१०० किलाे सुन काण्ड : सिआईबीका एसपी सञ्जय थापाकाे नेतृत्वमा अनुसन्धान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - करिब सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) सञ्जय थापाको नेतृत्वमा हुने भएको छ । थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले लोकान्तरलाई जानकारी दिनुभएको छ। आइतवार राजस्व अनुसन्धान विभागले सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो । ‘१०० किलो सुन प्रकरणको नेतृत्व अर्थात् अनुसन्धान अधिकृतको रूपमा सीआईबीका एसपी सञ्जय थापाले गर्नुभएको छ,’ प्रवक्ता कडायतले भने । सीआईबीले राजस्व अनुसन्धान विभागको अनुसन्धानलाई समेत आधार मानेर थप अनुसन्धान गर्ने भएको छ । विभागले अहिलेसम्म गरेको अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा नयाँ तथ्य खोजी गर्न लागिएको प्रहरीले जनाएको छ ।सुनप्रकरणमा अहिलेसम्म ट्याक्सी चालकदेखि कुख्यात भनिएका बेल्जियम नागरिक दावा छ...