Sunday, May 31
Shadow

Tag: sachtaknews

सरकारले दिएनन् पैसा , चन्दा संकलनबाट खेल हुने

सरकारले दिएनन् पैसा , चन्दा संकलनबाट खेल हुने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
पोखरा । सरकारले समयमा बजेट निकासा नदिएपछि खेलाडीलाई खेल सामग्री किन्न पोखरामा चन्दा संकलन सुरु भएको छ ।सरकारसँग पटक पटक पैसा माग्दा अहिलेसम्म निकासा दिएको छैन । खेलको मिति नजिकै आइसकेको छ । त्यसका लागि असोज १ गतेबाट प्रदेश स्तरीय खेलाडीको बन्द र विशेष प्रशिक्षण हुँदै छ । तर त्यसका लागि खेल सामग्री अहिलेसम्म खरिद भएको छैन ।कास्की जिल्ला फेन्सिङ एसोसिएसनले चन्दा संकलन सुरु गरेको हो । ‘नवौँ राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकी छैन । प्रदेश खेलकुद परिषद् र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामाग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीहरूलाई उतारौँला भनेर बस्ने हो भने हात लागे शून्य होला जस्तो लाग्यो,’ अध्यक्ष विजय शाहीले भने, ‘मैले खेलाडीको हितका लागि लाजै नमानी सामाजिक सञ्जाल मार्फत नै हात फैलाउन बाध्य भएँ ।’प्रदेशका खेलाडीलाई प्रशिक्षणमा राख्ने बेलासम्म पनि खेल सामग्र...
पुजारी हत्याकाण्डमा फरार प्रतिवादी २ वर्ष पछि पक्राउ

पुजारी हत्याकाण्डमा फरार प्रतिवादी २ वर्ष पछि पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव २६ भाद्र, रौतहट । चर्चित पूजारी हत्याकाण्डमा फरार रहेका ४ जनामध्ये १ जना प्रतिवादीलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरी टोलीले खेसरहियाको पुजारी हत्याकाण्डमा फरार अभियुक्तलाई शनिबार पक्राउ गरेको छ । माधवनारायण नगरपालिका–२ खैस्रैया चौक स्थित रहेको हनुमान मन्दिरको ६५ वर्षीय पुजारी श्री राम साहलाई २०७७ साल भाद्र ३ गते राति साढे ८ बजेको समयमा अज्ञात व्यक्तिले कञ्चटमा गोली प्रहार गरी हत्या गरेको थियो । ज्यान सम्बन्धी कसूर तथा संगठित अपराध मुद्दामा फरार रहेका जिल्ला रौतहट देवाही गोनाही नगरपालिका– १ करुनिया वस्ने शेख विकाउ भन्ने मोहमद कासिम आफ्नो घर ठेगानामा लुकी छिपी बसेको अवस्थामा फेला पारी निजलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका नि–सुचना अधिकारी तथा प्रवक्ता (प्रहरी निरीक्षक) दिनेश बहादुर कुँवरले जानकारी...
राष्ट्रिय सभाको बैठक आज बस्दै , नागरिकता बिधेयक पारित हुने तयारीमा

राष्ट्रिय सभाको बैठक आज बस्दै , नागरिकता बिधेयक पारित हुने तयारीमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१७ भदाै, राैतहट । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ ।उक्त विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।...
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१७ भदाै, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन ।पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।...
संरक्षनबिना जीर्ण बन्दै एतिहासिक टक्सार बजार

संरक्षनबिना जीर्ण बन्दै एतिहासिक टक्सार बजार

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१७ भदाै, भोजपुर – एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् ।टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यहाँ भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत छ । उक्त बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्ति बनाइएको स्थानीय ...
इतिहास : दरबार हत्याकाण्ड

इतिहास : दरबार हत्याकाण्ड

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, विचार
प्रेम यादव, १९ जेठ, रौतहट । आज जेठ १९ गते । यही मिति हो जसले दरबार हत्याकाण्डको सम्झना गराउँछ । यही दिन राजपरिवारका १० सदस्यको हत्या भएको थियो । त्यही भएर यस मितिलाई दरबार हत्याकाण्डको नाम दिइयो । देशको राजधानी काठमाण्डौँमा अवस्थित नारायणहिटी राजदरबार जसलाई पछि सङ्ग्रालयमा परिणत गरिएको हो केहि दश पहिला राजा बस्ने महल थियो । इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा प्रचलित हत्याकाण्डमा सुने युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी हत्या गरियो । गोली हानिसकेपछि युवराज दीपेन्द्रले आफैमाथि गोली प्रहार गरेको बताइयो । अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञान...
हरिवनमा छाडा कुकुरको आतङ्क

हरिवनमा छाडा कुकुरको आतङ्क

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १४ जेठ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार दुई दिनमा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयले बताएका छन् । यसैगरी, मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ । कुकुरले टोकेर वडा वडा नं. ८ मा १० जना र वडा नं. ११ मा ६ जना बिरामी परेका स्वास्थ्य चौकी सासापुरका इन्चार्ज श्यामविनोद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार अढाई वर्षीय बच्चादेखि ५४ वर्षीय पुरुषसम्मलाई कुकुरले टोकेको छ । कुकुरले टोकेर बिरामी परेका १६ जनामध्ये घाँटीभन्दा माथिको भागमा टोकेर बिरामी भएका दुई बालकलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । कुकुरले घाँटीभन्दा माथिको भागमा टोक्यो भने बढी खतरा हुने नमूना अस्पताल हरिवनका डाक्टर सन्तोष यादवले बताउनुभयो । काठमाडौं रेफर गरिएका दुई बालकबाहेक अन्य १४ जना बिर...