Thursday, September 10
Shadow

Tag: sachtaknepalnews

पाल्पामा छुटाछुटै स्थानमा दुई शव फेला

पाल्पामा छुटाछुटै स्थानमा दुई शव फेला

ताजा-अपडेट, मुख्य समाचार
पाल्पा। पाल्पामा झुन्डिएका अवस्थामा फरक फरक ठाउँमा दुई शब फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुईवटा शब फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र माथागढी गाउँपालिका–५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो ।दुवै शवहरु सडेगलेको अवस्थामा फेला परेको तथा पोष्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न सकेको छैन् ।...
शाखा अधिकृत र सहयोगी घुसकाे ४७ हजार रकमसहित अख्तियारकाे फन्दामा

शाखा अधिकृत र सहयोगी घुसकाे ४७ हजार रकमसहित अख्तियारकाे फन्दामा

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । उद्योग बिभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अपराह्न ४ बजे नियन्त्रणमा लिएको छ ।अधिकृत घिमिरे र थापाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ र घिमिरेलाई ३७ हजार ५ सय ३५ रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
मंसिर ४ काे निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

मंसिर ४ काे निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एक करोड ७९ लाखभन्दा धेरैले मतदान गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले आज शुक्रवार स्वीकृत गरेको मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता कायम भएका हुन् । जसमा ८८ लाख ४७ हजार पाँच सय ७९ जना महिला, ९१ लाख ४० हजार आठ सय ६ जना पुरुष र एक सय ८५ जना अन्य रहेका छन् ।आउँदो चुनावमा सबैभन्दा धेरै मतादाता मोरङमा सात लाख ३५ हजार पाँच सय २५ जना र सबैभन्दा कम मतदाता मनाङमा ६ हजार सात सय ७९ जना रहेका आयोगले जनाएको छ ।यस्तै आयोगले आउँदो चुनावका लागि १० हजार आठ सय ९१ मतदातस्थल र २२ हजार दुई सय २६ मतदान केन्द्र कायम गरेको छ । मोरङमा आठ सय ३९ वटा मतदान केन्द्र रहेका छन् भने मनाङमा २८ वटा रहेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।...