Sunday, May 31
Shadow

Tag: sachtak nepal

ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी विमानस्थलबाट पक्राउ

ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी विमानस्थलबाट पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । स्यानेटरी प्याडभित्र लुकाएर लागुऔषध ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी झापामा पक्राउ परेका छन् । भद्रपुरबाट काठमाडौं आउन लाग्दा भद्रपुर विमानस्थलमा प्रहरीले सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी सन्ध्या श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो । सोनीले प्याडभित्र लुकाएर ७६ ग्राम लागुऔषध तस्करी गर्न लागेको प्रहरीले जनाएको छ । विमानस्थलको चेकिङमा उनी पक्राउ परेकी हुन् । हैटौंडा घर भएका उनीहरु बुद्ध एयरको उडानबाट काठमाडौं आउन लागेका थिए । उनीहरुलाई परिचालन गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको  समीक्षा कार्यक्रम सम्पन्न

नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको समीक्षा कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरीको कार्ययोजना, २०७९ र चालु आ.व. २०७९/०८० को वार्षिक कार्य सम्पादन सम्झौताको २०७९ साल चैत महिनासम्मको कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय सम्पन्न भएको छ ।कार्यक्रमलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीले संचालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउँदै लैजानुपर्ने बताउनुभयो । समग्रमा प्रहरीप्रतिको दृष्टिकोण नागरिक र सामाजमा सकारात्मक बनाउन, नागरिकको विश्वास जगाउन र त्यो विश्वासलाई थप अभिवृद्धि गर्न प्रहरीले सीमान्तकृत वर्ग र निम्नस्तरका नागरिकप्रति अझ आत्मीय हुँदै नागरिक सेवामा समर्पित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल सरकार र प्रहरी संगठनको लक्ष्य प्राप्तिको लागि सबै प्रहरी कर्मचारीहरूले आफ्नो काम, कर्तव्य र जिम्मेवा...
श्रीमतीकाे हत्या गरेर फरार भएका व्यक्ति १८ वर्षपछि सिआईबीकाे फन्दामा

श्रीमतीकाे हत्या गरेर फरार भएका व्यक्ति १८ वर्षपछि सिआईबीकाे फन्दामा

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - श्रीमतीको हत्यापछि फरार भएका आरोपीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १८ वर्षपछि पक्राउ गरेको छ ।रुपन्देहीको सैनामैना नगरपालिका–स्थित बुद्धनगर घर भएका खुमे दर्जी उर्फ गोपाललाई काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) सञ्जय सिंह थापाले जानकारी दिए ।२०६१ मङ्सिरमा दर्जीले चिर्पट प्रहार गरेर ४० बर्सिया राधिका दर्जीको हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुँदा हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि भारतमा गएका खुमे त्यहाँ ३० वर्ष बसेका थिए । त्यसपछि काठमाडौँमा आएर जमुना दर्जीसँग चौथो विवाह गरेको बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।काठमाडौँको क्षेत्रपाटीमा बस्ने खुमे दर्जीले आफ्नो वास्तविक परिचय लुकाएर दीपक रानाको नामले चिनाउने गरेका थिए । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल...
सिम्फोनी शिवाकोटीलाई मिस टीन ग्रीनको ताज

सिम्फोनी शिवाकोटीलाई मिस टीन ग्रीनको ताज

अन्य, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । सिम्फोनी सिवाकोटीले मिस टीन ग्रीन २०२२ र आस्था कलौनीले मिस टीन प्रिन्सेस् २०२२ को ताज जितेका छन् ।अनुजा मिडियाद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमबीच ग्रान्ड फिनाले सम्मन्न भएको हो । साथै मिस टिन स्टारको ताज रास्ता महर्जन र मिस ब्यूटी विथ पर्पोस स्यारोन बज्राचार्यले जितेकी छन् ।कार्यक्रममा मिस पब्लिक चोइसको ताज प्रमिला छेत्रीले जितिन भने मिस राइजिङ स्टारको ताज मलिका श्रेष्ठ जित्न सफल भइन् । प्रमुख निर्णायक शिक्षाविद् तथा समाजसेवी रमेशकुमार सिलवाल तथा अन्य निर्णायक समाजसेवी कमलकेशरी तुलाधर, व्यवसायी जिज्ञासा अर्याल, ब्यूटिसियन रुश्का श्रेष्ठ, होटल व्यवसायी विष्णुबहादुर कार्की र मोडेल निशा राई थिए ।ब्रीज इन्टरनेशनल एडुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजन थियो । प्रमुख अतिथि शिक्षाविद् डा. राजेन्द्र केसीले यस्ता कार्यक्रमले किशोरीको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने विश्वास व्यक...
आज हरितालिका तीज मनाइँदै, शिव मन्दिरमा भक्तजनहरूको घुइँचो

आज हरितालिका तीज मनाइँदै, शिव मन्दिरमा भक्तजनहरूको घुइँचो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै, राैतहट । आज हरितालिका तिज मनाइँदैछ । हिन्दू नेपाली महिलाले महादेवको पूजाआराधना गरी तिज मनाउने परम्परा छ । आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । राैतहटकाे प्रशिद्ध शिवनगरमा पनि याे दिन श्रद्धालुहरुकाे भिड हुने गरेको छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । अघिल्लो दिन राति दर खाएर आज तिजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने चलन छ । आज नाचगान गर्ने पनि चलन छ । आज काठमाडौंको पशुपतिनाथ, खोटाङको हलेसी महादेवलगायत देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ ।दर खाएपछि औपचारिक रुपमा सुरु भएको तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयामा हरितालिका व्रत, चौथीमा गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहि...
प्रहरी महानिरीक्षक सिंहद्धारा प्रहरी प्रशिक्षण महाराजगञ्जको निरीक्षण

प्रहरी महानिरीक्षक सिंहद्धारा प्रहरी प्रशिक्षण महाराजगञ्जको निरीक्षण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव ९ बिहिवार, असार । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गर्नुभएको छ । सो निरीक्षणको क्रममा उहाँले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको कवाज एवम् प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयको समेत निरीक्षण गर्नुभयो । साथै प्रहरी महानिरीक्षक सिंहले सोही अवसरमा प्रतिष्ठान परिसरस्थित बाधापार इलाकामा वृक्षरोपण समेत गर्नुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रतिनिधिहरूलाई प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभूत ता...
हरेक नेपालीको टाउकोमा ६३ हजार ३१० ऋणभार

हरेक नेपालीको टाउकोमा ६३ हजार ३१० ऋणभार

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । तपाईको टाउकोमा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ। व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो। तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला रु आम मानिसको चासो स्वभाविकरुपमा रहन सक्छ नै । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हरेक नेपालीको टाउकामा ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ। अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ। यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन। तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो। आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार गत फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो। कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणक...
सम्पर्कविहिन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

सम्पर्कविहिन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, पोखरा । आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभएको हो । मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभयो । विमानमा अहिले पनि आगो लागिरहेको छ । बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । साभार : नेपाल टिभि अनलाइन...