एमालेबाट प्रभु साह निष्कासित, पार्टी विघटन
राैतहट- नेकपा एमाले पार्टीबाट प्रभु साहलाई निष्काशित गरिएको छ। यससंगै नेकपा एमाले रौतहटकाे जिल्ला कमिटी विघटन भएको छ ।एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् ।एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि कारवाही गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको उल्लेख गरेका छन् ।त्यस्तै प्रभु साहसँगै जिल्ला इज्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको उल्लेख गरिएको छ । सह इन्चार्ज उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।अनलाईन खबर...
