कतारसँग नेपाल बिजयी
काठमाडौं - एसीसी प्रिमियर कपको अन्तिम लिग खेलमा सन्दीप लामिछानेको घातक बालिंग सामु कतार घुडा टेक्दै ८९ रनमा अलआउट भएका छन् ।नेपाले प्रस्तुत गरेको १५८ रनको सानो लक्ष्यलाई पुरा गर्न कतार निरीह बन्दै हार बेहोर्न बाध्य भएका हुन् । नेपालको जित संगै सेमिफाइनलमा सहज प्रवेश पाएको छ ।नेपालले सुरु देखि नै कतार माथि दबाव बनाएका थिए । नेपाली बलरको दबाव सहन नसकी ८९ रनमा अलआउट भए । नेपालको लागि लेग स्पीनर सन्दीप लामिछाने ५ विकेट, सोमपाल कामी ३ विकेट, ललित राजबंशीले २ विकेट लिएर कतारलाई घुडा टेकाए ।
सन्दीपलाई पाँचौं विकेक दिलाउन गुल्सन झाको उत्कृष्ट क्याचको महत्वपूर्ण योग्यदान रहे । आजको म्याच अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका सन्दीप लामिछानेले पाए । नेपाल समुहमा पहिलो स्थान बनाउन सफल भएको छ ।...

