ईशनाथकाे ७ औं नगरसभा सम्पन्न, ५० कराेड ६९ लाख बजेट विनियोजन
राैतहट - ईशनाथ नगरपालिकाले आफ्नो ७ औं नगरसभा बिहिबार सम्पन्न गरेको छ । असार १० गते सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधानकाे पाल्ना गर्दै ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ काे बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न गरेको छ। स्थानीय सरकार, विकास र समृद्धिकाे मुल आधारका साथ आयाेजना गरिएको नगर अधिवेशनमा नगरप्रमुख काैशल्या देवीले आर्थिक वर्ष ०८०/०८१ काे लागि निति तथा कार्यक्रम कार्यान्वयन गर्न ५० कराेड ६९ लाख रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा नगरपालिकाकाे चालु तर्फ ३० कराेड ८८ लाख ४७ हजार तथा पुँजीगत तर्फ १९ कराेड १२ लाख २२ हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। त्यस्तै वडाकाप पुँजीगत तर्फ ५० लाख तथा चालु तर्फ ५ लाख विनियोजन गरिएको छ। नगरप्रमुख देवीले नीति तथा कार्यक्रम आर्थिक विकासतर्फ आफ्नो गाउँ आफै बनाउ नारालाई बलियो बनाउन तर्फ जाेड दिएका ...
