आज माघे सक्रान्ति मनाइँदै
राैतहट - आज माघे सक्रन्ती, देश विदेशमा रहेका नेपालीले पर्व मनाउदैछन् । थारू समुदायले माघीलाई नयाँ वर्षका रुपमा पनि मान्ने गर्छन् भने मगर समुदायकाे पनि याे मुख्य चाड हाे ।हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।घ्यु, तरूल, चाकु, खिचडी, तिलकाे लड्डु लगायतका खाने कुरा खाएर याे दिन हर्षाेल्लासका साथ मनाइन गरिन्छ । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ-आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ ।प्रधानमन्त्री पुष्प कमल दाहालले माघे संक्रान्तिकाे अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको ...
