Thursday, April 16
Shadow

Tag: ktm

खाेलाकाे बाढीले बगाएको ११ दिनपछि मृतभेटिए बालक साजन

खाेलाकाे बाढीले बगाएको ११ दिनपछि मृतभेटिए बालक साजन

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि मृत भेटएका छन्।बिहीबार दक्षिणकालीस्थित बागमती नदी किनारमा उनकाे शव फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडाैंले जनाएकाे छ।खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खटिएको थियो।काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत साजन साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए।एजेन्सी...