Monday, June 1
Shadow

Tag: jungle

सालकाे बाेटहरु मासेर सामुदायीक बनमा अवैध पक्की संरचना निर्माण

सालकाे बाेटहरु मासेर सामुदायीक बनमा अवैध पक्की संरचना निर्माण

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - देशको कुनै पनि वन क्षेत्रमा पूर्वाधार र संरचना निर्माण गर्न केन्द्र सरकारसँग भोगाधिकार लिनुपर्छ । तर रौतहटको चन्द्रनिगाहपुरमा उक्त प्रावधान विपरीत हातेमालो सामुदायीक वन उपभोक्ता समितिले हुर्काउँदै गरेको सालको बोटहरू समेत मासेर पक्की संरचना निर्माण कार्य भइरहेको छ । चन्द्रपुर नगरपालिका वडा नम्वर ६ स्थित रहेको सामुदायीक बनको स्थानीय नर्सरीमा हुर्किरहेको सालको लाथ्राहरु नै मासेर वन भित्र सरकारी मापदण्ड विपरित पक्की संरचना बनाइरहेको पाइएको हो । चन्द्रपुर नगरपालिकाको योजनाको बजेट अन्तर्गतको रकम सहज रूपमा हजम गर्ने उदेश्यले बनको भित्री भू भागमा आरसीसी सहितको कम्पाउन्ड वाल उपभोक्ता समितिले बनाउँदा समेत डिभिजन वन कार्यालय रौतहटले पत्तो पाउन नसकेको आरोप चौतर्फी रूपमा रहेको छ । वन क्षेत्रभित्रै रहेको डाबरी पार्कको पूर्वाधार निर्माणको योजना भनिएको भएतापनि सरकारी नीति नियम नै मिचेर उ...