कानुनको दायरा भित्र रहेर काम गर्न भर्चुअलबाट डिआईजी भट्टराईको निर्देशन
जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले मधेश प्रदेश मातहत सबै जिल्ला प्रहरी कार्यालयहरुलाई भर्चुअल माध्यमबाट वार्षिक कार्यसम्पादन सम्झौताको प्रगति समिक्षा तथा साप्ताहिक प्रगति समिक्षाका साथै निर्देशन सम्बोधन गर्नु भएको हो ।वार्षिक कार्यसम्पादन सम्झौता समिक्षा अन्तर्गत चैत्र महिनासम्म मातहतबाट भएका कार्यहरुको समिक्षा गर्नु भएको साथै निर्देशन सम्बोधनको क्रममा डिआईजीले कार्यसम्पादन सम्झौता अनुरुप लक्ष्य प्राप्त गर्न नसकेका कार्यालयहरुलाई लक्ष्य प्राप्तिका लागि गर्नु पर्ने कार्यहरुलाई उच्च प्राथमिकतामा राखी कानुनको परिधी र संगठनको सिद्धान्तभित्र रहेर काम गर्न निर्देशन समेत दिनु भएको थियो ।
साप्ताहिक प्रगति समिक्षा अन्तर्गत अघिल्लो हप्ता र गत हप्तामा भएका प्रगतिबारे समिक्षा गर्नु भई निर्देशन सम्बोधनको क्रममा जिल्ला प्रहरी प्रमुखहरु तथा मातहत ईलाका र प्रहरी चौकीहरुको निरीक...
