Monday, July 27
Shadow

Tag: Ishnath

ईशनाथकाे ७ औं नगरसभा सम्पन्न, ५० कराेड ६९ लाख बजेट विनियोजन

ईशनाथकाे ७ औं नगरसभा सम्पन्न, ५० कराेड ६९ लाख बजेट विनियोजन

ताजा-अपडेट, मुख्य समाचार
राैतहट - ईशनाथ नगरपालिकाले आफ्नो ७ औं नगरसभा बिहिबार सम्पन्न गरेको छ । असार १०‌ गते सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधानकाे पाल्ना गर्दै ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ काे बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न गरेको छ। स्थानीय सरकार, विकास र समृद्धिकाे मुल आधारका साथ आयाेजना गरिएको नगर अधिवेशनमा नगरप्रमुख काैशल्या देवीले आर्थिक वर्ष ०८०/०८१ काे लागि निति तथा कार्यक्रम कार्यान्वयन गर्न ५० कराेड ६९ लाख रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा नगरपालिकाकाे चालु तर्फ ३० कराेड ८८ लाख ४७ हजार तथा पुँजीगत तर्फ १९ कराेड १२ लाख २२ हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। त्यस्तै वडाकाप पुँजीगत तर्फ ५० लाख तथा चालु तर्फ ५ लाख विनियोजन गरिएको छ। नगरप्रमुख देवीले नीति तथा कार्यक्रम आर्थिक विकासतर्फ आफ्नो गाउँ आफै बनाउ नारालाई बलियो बनाउन तर्फ जाेड दिएका ...
ईशनाथ नगरपालिकालाई एक करोड मूल्य बराबरको जग्गा दान गर्ने नवनिर्वाचित शोभादेवीको घोषणा

ईशनाथ नगरपालिकालाई एक करोड मूल्य बराबरको जग्गा दान गर्ने नवनिर्वाचित शोभादेवीको घोषणा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेमचन्द्र झा रौतहट। मधेस प्रदेश सभा सदस्यमा नवनिर्वाचित शोभादेवी साहले एक करोड रुपैया को बराबरको जग्गा ईशनाथ नगरपालिकालाई दान गर्ने घोषना गरेकी छिन् । उनले ईशनाथ नगरपालिकालाई वडा कार्यालय र स्वास्थय चौकी बनाउन दुई कठ्ठा १६ धुर जग्गा दान निर्णय रहेको बताएकी छिन् । ईशनाथ नगरपालिका वडा नम्बर २ औरैयाका स्थानियले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो घोषणा गर्नु भएको हो ।जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिकमा निर्वाचित भएपछि पहिलो पटक आफ्ना गाउँ पुगेर करिब एक करोड रुपैया मोल पर्ने जग्गा निशुल्क दिने धोषणा गरेपछि स्थानिय हर्षित भएको वडा अध्यक्ष धर्मेन्द्र साहले बताए ।सो वडा कार्यालय बनाउन चालु आर्थिक वर्षमा ४० लाख बजेट राखेको वडा अध्यक्ष साहले जानकारी दिनुभयो । ईशनाथ नगरपालिका वडा नम्बर २ औरैया गाउंको विचमा रहेको सो जग्गा तर्फ ईसारा गर्दै प्रदेश सदस्य साह यसमा वडा कार्यालय र ...