Thursday, April 16
Shadow

Tag: Indian Embassy

भारतीय राजदूत तथा उपप्रधानमन्त्री बीच भेटवार्ता

भारतीय राजदूत तथा उपप्रधानमन्त्री बीच भेटवार्ता

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटबार्ता भएको छ । उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच आज मन्त्रालयमा भेटवार्ता भएको हो ।भेटमा राजदूत श्रीबास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई एंव नयाँ कार्यकालको शुभकामना दिए । यस्तै, श्रीबास्तवले नेपालको विकास निर्माणका लागि अहिलेसम्म भइरहेको भारतीय सहयोग भावी दिनमा पनि कायम रहने बताए । यस्तै, विकास निर्माणका केही विषयको छलफल मन्त्रालयस्तरबाटै गर्ने लगायतका विषयमा समेत कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।भेटका क्रममा मन्त्री श्रेष्ठले भारतीय सहयोगमा बनिरहेका आयोजनाहरूको काम छिटो सक्नुपर्ने, विवाद देखिएका आयोजनाको विवाद समाधान गर्नुपर्नेबारे बताएका थिए । यस्तै, केही आयोजनाहरूको मुआब्जा विवाद अदालतसम्म पुगेको र त्यो विवाद नेपाली पक्षब...