हरेक नेपालीको टाउकोमा ६३ हजार ३१० ऋणभार
सच तक नेपाल डेस्क,
२३ जेठ, रौतहट । तपाईको टाउकोमा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ। व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ ।
त्यसको जिम्मेवार पनि तपाई नै हो। तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला रु आम मानिसको चासो स्वभाविकरुपमा रहन सक्छ नै ।
सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हरेक नेपालीको टाउकामा ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ।
अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ। यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन। तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो।
आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार गत फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो। कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणक...
