ललितपुरबाट नक्कली नाेट छाप्ने प्रिन्टरसहित २ जना पक्राउ
ललितपुर । सामान्य प्रिन्टरबाटनै नक्कली नेपाली नोट प्रिन्ट गरेर बजारमा भित्र्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका–३ स्थायी घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका– १३ झरुवारासी बस्ने वर्ष ३६ को जिवन भन्ने सुरेश तामाङले पाँच किलो ग्राम मैदा र दुई लिटर खाने तेल किनेर सो बापत जाली नेपाली रूपैया एक हजारको नोट दिएको भनि तत्काल जिल्ला ललितपुर गोदावरी नगरपालिका – १३ झरुवारासी स्थितमा किराना पसल गर्ने दिनेश तिमल्सिनाले फोन मार्फत प्रहरीलाई जानकारी गराएका थिए । जसपछि तिमल्सिनाको किराना पसल अगाडीबाट जिवनलाई खोटा नोटसहित नियन्त्रणमा लिएको थियो । उनको साथबाट प्रहरीले नेपाली रूपैया एक हजारको नोट १ थान, पाचँ सयको नोट १ थान र एक सयको नोट १ थान बरामद गरिएको हो । जिवनलाई नियन्त्रणमा लिई मुद्रा सम्वन्धी कसुरमा सम्मानित ललितपुर जिल्ला अदालतबाट पहिला पटक दिन ५ ...
