ब्रिटिशलाई लखेटेको समनपुरमा फागु बैरिया मेलाकाे आयाेजना
प्रेम यादव,राैतहट - समनपुरमा प्रत्येक वर्षझै यसवर्ष पनि फागु बैरिया मेलाकाे आयाेजना हुने भएको छ। हरेक वर्ष फागुन पुर्णिमाकाे अवसरमा आयाेजना हुने फागु बैरिया मेलाकाे यसवर्ष पनि धुमधामका साथ तयारी थालिएको गढीमाई नगरपालिकाले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् । राैतहट जिल्लाकाे मध्ये भाग र सर्लाहीसँग जाेडीएकाे समनपुरकाे पनि आफ्नै इतिहास रहेको छ । यद्यपी समनपुरकाे इतिहास कागजमा लेखिएका मसीझै बिस्तारै लाेप हुदै गयाे । आइतबार गढीमाई नगरपालिकाले पत्रकार सम्मेलन गर्दै मेलाकाे तयारी बारे जानकारी दिएका हुन्। याे मेला फागुन १९ देखि २३ सम्म हुने तय गरिएको हाे । परम्परागत र निरन्तर रुपमा आयाेजना हुने फागु मेलाकाे लागि यसवर्ष तयारी धुमधामका साथ हुन थालिएकाे । गढीमाई नगरपालिकाकाे आयाेजनामा ब्रिटिश फाैजलाई पराजित गरेको ऐतिहासिक दिनकाे सम्झना सहित राैतहटकाे समनपुरमा हरेक फागु पुर्णिकाे अवशर पारेर ...
