करार कर्मचारीको कारण बेथितिको हब बन्दै चन्द्रपुर नगरपालिका
राैतहट - चन्द्रपुर नगर कार्यपालिकाको कार्यालयमा स्थायी दरवन्दीका कर्मचारीहरु हुँदा हुँदैपनि पछिल्लो समय करारका कर्मचारीको हालीमुहाली हुँदै गइरहेको पाइएको छ । उक्त नगरपालिकामा अधिकृत सरहका कर्मचारी समेत महिनौदेखि जिम्मेवारी विहीन झै भएर बस्ने गरेको पाइएको हो ।
चन्द्रपुर नगरपालिका कार्यालयमा सरुवा भएर आएका निजामती सेवाका प्रशासन र प्राविधिकतर्फका कर्मचारीलाई नगरपालिकाले उचित जिम्मेवारी नदिदा उनीहरुको कार्यसम्पादन समेत करार सेवाका कर्मचारीहरुले गरिरहेका छन । नगरपालिका कार्यालयमा हाजिर भएदेखिका केही करार कर्मचारीहरु दिनभर चिया पसल र बरण्डामा दिन बिताएर बस्नु बाहेक कुनै जिम्मेवारी कार्यालयले दिन सकेको देखिदैन ।
‘यहाँ आउने निजामती सेवाका कर्मचारी र प्राविधिक सेवाका कर्मचारीलाई रैथाने भएर करार सेवामा जागिर खादै गरेका कर्मचारीले अयोग्य प्रमाणित गर्ने र जिम्मेवारी नदिएर बाध्य भई अन्यत्रै स...
