११८ कार्टुन मदिरा बाेकेकाे गाडी सशस्त्र प्रहरी बेलबिछवाकाे नियन्त्रणमा
राैतहट - गएराति सशस्त्र प्रहरी बल बेलबिछवाले अबैध मदिरा बाेकेकाे गाडी नियन्त्रणमा लिएको छ। आइतबार राति करिब ९ बजेकाे समयमा रौतहट जिल्लाको राजदेवी-९ ब्रहम्पुरी स्थित बि.ओ.पि.बेलबिछवाबाट सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा खटिएका टाेलीले ११८ कार्टुन साेफी मदिरा बरामद गरेको छ। बि.ओ.पि. र प्रहरी चाैकी बेलबिछवाकाे संयुक्त टाेलीले नेपालबाट भारत तर्फ जादै गरेको बिआर २९ एस ९४०४ नम्बरकाे भारतीय बाेलेराे राेकी चेकजाँच गर्दा अन्दाजी मूल्य १ लाख २० हजार बराबरको ११८ कार्टुन साैफी मदिरा बरामद भएको हाे ।
प्रहरी चौकि बेलबिछवा बाट प्र.स.नि. श्री किशोर ठाकुर र सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा टाेलीले अन्दाजी मूल्य ५ लाख बराबरको बाेलेराे गाडी र १ लाख २० हजार बराबरको साैफी कुल ६ लाख २० हजार बराबरको मदिरा र गाडी नियन्त्रणमा लिएको छ। चेकजाँच गर्ने क्रममै चालक फरार भएको समेत प्...
