Monday, June 1
Shadow

Tag: arrested

राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - गएराति लागुऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राैतहट प्रहरीले शुक्रबार करिब ९ बजेकाे समयमा माैलापुर देखि काठमाडौंका लागि छुटेकाे यात्रु बसबाट‌ प्रतिबन्धित लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो। मौलापुरबाट काठमाण्डौ तर्फ जानको लागि रात्री बस जिल्ला रौतहट गौर नगरपालिका - ४ बसपार्क भित्र पुगेकाे थियो । गाैर बसपार्क पुगेको ना.८ ख-४७१८ नंम्बरको यात्रु वाहक शुसिल डिलक्स बसलाई चेकजाँच गर्दा बसबाट डाईजोपाम ५७५ थान ऐम्पुल,‌ फेनरागन ५ सय ७५ थान, नुरफिन ५ सय ७५ थान र नाईट्रोभेट ट्याबलेट ४ हजार ५ सय ५० पिस गरी कुल ६ हजार २ सय ७५ प्रतिबन्धित लागुऔषध फेला ‌परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनु भयाे । चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बसको डिकिमा चामलको बोरा भित्र राखिएको उनले बताउनुभयो । लागुऔषध फेला परेपछि जिल्ला रौतहट मौलापुर नगरपालिका- ६ ...
सन्दिपलाई पक्राउ गरि गाैशाला वृत लगियाे

सन्दिपलाई पक्राउ गरि गाैशाला वृत लगियाे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान पक्राउ परेका छन् । उनलाई अहिले हतकडी लगाएर प्रहरी वृत्त गौशालामा लगिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।उनले आफूलाई हतकडी नलगाउन प्रहरीलाई आग्रह गरेका थिए ।दोहाबाट कतार एयरवेजको विमानमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबार्ट नियन्त्रणमा लिइएको हो ।कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।...
४ लाख रुपैयाँ सहित ११ जुवाडे प्रहरी फन्दामा

४ लाख रुपैयाँ सहित ११ जुवाडे प्रहरी फन्दामा

ताजा-अपडेट, मुख्य समाचार
दार्चुला - दार्चुलामा दार्चुलामा ४ लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ परेका छन् ।महाकाली नगरपालिका–४ तिंकर खेडा बस्ने प्रेम सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंह सहित ११ जनालाई  प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २ हजार ३ सय ६० रुपैयाँ, ३ गड्डी तास र जुवा खेल्न प्रयोग गर्ने ५३ गोटीसहित पक्राउ गरेको हो । ...