Thursday, September 10
Shadow

Tag: accident

माेटरसाइकलकाे ठक्करबाट चितवनमा एक पैदलयात्रुकाे मृत्यु

माेटरसाइकलकाे ठक्करबाट चितवनमा एक पैदलयात्रुकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
चितवन - मोटरसाइकलको ठक्करबाट चितवनको भरतपुर महानगरपालिका-२८, साझापुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् ।गए राति ना२२प ६८०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।मोटरसाइकल चालक भरतपुर-२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु

ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
पाकिस्तान - पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ ।करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्दार कार्य शुरु गरेको उद्धार सेवाले जनाएको छ । साथै बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ ।केही यात्रुयहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ ।...
कार दुर्घटनामा एक जना पैदल यात्रुकाे मृत्यु

कार दुर्घटनामा एक जना पैदल यात्रुकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
झापा – झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारी रहेकी छन् । उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कारसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङथाले जनाएको छ ।...
चन्द्रपुर हस्पिटलमा उपचारकाे क्रममा सर्लाहीकाे एक पुरुषको मृत्यु

चन्द्रपुर हस्पिटलमा उपचारकाे क्रममा सर्लाहीकाे एक पुरुषको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको धन्सार नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ७ का किरण घिसिङ लामा रहेको रौतहट ट्राफिक प्रमुख इन्स्पेक्टर विमलाकुमारी कठायतले बताइन् । आइतबार साँझ ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेश प्रदेश ०४-००१-प ३५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लामाको चन्द्रपुर हस्पिटलमा उपचारको क्रममा आइतबार राती ८ बजे मृत्यु भएको इन्स्पेक्टर कठायतले बताइन् । मृत्यु भएका घिसिङ बाराको निजगढस्थित होली एन्जल्स इङ्लिस बोर्डिङ स्कूलमा शिक्षकको रूपमा कार्यरत थिए । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
युक्रेनमा हेलिकप्टर दुर्घटनाग्रस्त, मन्त्री र बालबालिकासहित १८‌ जनाकाे मृत्यु

युक्रेनमा हेलिकप्टर दुर्घटनाग्रस्त, मन्त्री र बालबालिकासहित १८‌ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
युक्रेन - युक्रेनकाे राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्।मृत्यु हुनेमा तीन बालबालिका पनि छन्। थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ। हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्की र अरू आठ जना सवार थिए।उनीबाहेक आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ। उनका उपमन्त्री र एक सचिवको पनि निधन भएको अधिकारीहरूले बताएका छन्। तस्बिर:- रेउटर्स युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्।एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्। घाइतेहरूलाई अस्पताल लगिएको छ। जलिरहेको भवनबाहिर हेलिकप्टरको भग्नावशेष छरिएको देखिन्छ।शिशुशिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँक...
अस्ट्रेलियामा दुईवटा हेलिकप्टर दुर्घटनाग्रस्त, ४ जनाकाे मृत्यु

अस्ट्रेलियामा दुईवटा हेलिकप्टर दुर्घटनाग्रस्त, ४ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
अस्ट्रेलियाको गोल्ड कोस्टमा सोमवार दुईवटा हेलिकप्टर जुध्दा कम्तीमा चारजनाको मृत्यु भएको छ ।थप दुईजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । आपतकालीन सेवाप्रदायकहरूले १३ जनालाई उपचारका लागि लगेका छन् । सी वर्ल्ड रिजोर्ट नजिक ती दुई हेलिकप्टर आकाशमै जुधेका हुन् । एउटा हेलिकप्टर उड्न लाग्दा अनि अर्को अवतरण गर्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शी एम्मा बुर्चले गोल्ड कोस्ट बुलेटिनलाई बताइन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।...
ट्रककाे ठक्करबाट इलामकी एक युवतीकाे मृत्यु

ट्रककाे ठक्करबाट इलामकी एक युवतीकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
झापा- झापाको मेचीनगर नगरपालिका–१३, चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–६ की २३ वर्षीया उषा राईको मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।हिजो बेलुका करिब साढे ८ बजे ना८ख ३३३६ नम्बरको ट्रकले मे७प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक सकुशल रहेको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीचौकी चारआलीले जनाएको छ ।...
हेम्जामा जीप दुर्घटनाग्रस्त, १ जनाकाे मृत्यु

हेम्जामा जीप दुर्घटनाग्रस्त, १ जनाकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
कास्की - कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जास्थित हनुमानचोकमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।दुर्घटनामा जीपमा सवार म्याग्दीको मंगला गाउँपालिका–१, मजुलाका ४७ वर्षीय गजेन्द्र पुन र तनहुँ घर भई पोखरा–१०, शिवचोक बस्दै आएकी ३७ वर्षीया वसन्ती मगर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मगरको मृत्यु भएको जनाइएको छ ।गए राति करिब सवा १ बजे ग२च २६८४ नम्बरको जीप अनियन्त्रित भई सडकछेउको विद्युत्को पोलमा ठोक्किएको थियो । चालक फरार रहेकाले खोजीकार्य भइरहेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।...
बोलेरो दुर्घटना दुर्घटना हुँदा ११ दिने नवजात शिशुको घटनास्थलमै मृत्यु, ६ जना गम्भीर घाइते

बोलेरो दुर्घटना दुर्घटना हुँदा ११ दिने नवजात शिशुको घटनास्थलमै मृत्यु, ६ जना गम्भीर घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम । धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए । दुर्घटनामा परि मृत्यु भएको शिशु ११ दिनको मात्र रहेको तथा गम्भीर घाइतेहरुको नाम र ठेगाना खुल्न नसकेको डिएसपी क्षेत्रीले बताए । जनकपुरधामबाट ढल्केबर गईरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको डिएसपी क्षेत्रीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल पुर्याइएको र घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।...
चुरियामाई नजिकै बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु, ३६ जना घाइते

चुरियामाई नजिकै बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु, ३६ जना घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
मकवानपुर - पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा झापाको दमक-५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।यस्तै दुर्घटनामा अन्य ३६ यात्रु घाइते भएको प्रवक्ता कार्कीले बताए। काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस अनियन्त्रित भएर नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ। घाइते एक जनाको भने हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइर...