Thursday, April 16
Shadow

Tag: 1 dead

माेटरसाइकलकाे ठक्करबाट चितवनमा एक पैदलयात्रुकाे मृत्यु

माेटरसाइकलकाे ठक्करबाट चितवनमा एक पैदलयात्रुकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
चितवन - मोटरसाइकलको ठक्करबाट चितवनको भरतपुर महानगरपालिका-२८, साझापुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् ।गए राति ना२२प ६८०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।मोटरसाइकल चालक भरतपुर-२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
दाङ : बञ्चराेबाट आफ्नै श्रीमानको हत्या

दाङ : बञ्चराेबाट आफ्नै श्रीमानको हत्या

ताजा-अपडेट, मुख्य समाचार
दाङ – दाङमा एक महिलाले बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्।बंगलाचुली गाउँपालिका वडा नं. १ सिउजाडाँडामा ५७ वर्षीया केशरादेवी दमाइले ६४ वर्षीय श्रीमान रेशमबहादुर दमाइको हत्या गरेकी हुन्।जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार बिहीबार बिहान ९ बजेतिर आपसी विवाद हुँदा श्रीमतीले श्रीमानमाथि बञ्चरोले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले हत्या आरोपमा केशरादेवीलाई पक्राउ गरेको छ।घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी सहायक निरीक्षक सहदेव योगीको कमाण्डमा टोली खटिएको थियो।घटनाको कारण खुलिनसकेको कार्यालयले जनाएको छ।...
चन्द्रपुर हस्पिटलमा उपचारकाे क्रममा सर्लाहीकाे एक पुरुषको मृत्यु

चन्द्रपुर हस्पिटलमा उपचारकाे क्रममा सर्लाहीकाे एक पुरुषको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको धन्सार नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ७ का किरण घिसिङ लामा रहेको रौतहट ट्राफिक प्रमुख इन्स्पेक्टर विमलाकुमारी कठायतले बताइन् । आइतबार साँझ ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेश प्रदेश ०४-००१-प ३५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लामाको चन्द्रपुर हस्पिटलमा उपचारको क्रममा आइतबार राती ८ बजे मृत्यु भएको इन्स्पेक्टर कठायतले बताइन् । मृत्यु भएका घिसिङ बाराको निजगढस्थित होली एन्जल्स इङ्लिस बोर्डिङ स्कूलमा शिक्षकको रूपमा कार्यरत थिए । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
गरुडामा करेन्ट लागेर एक जनाको मृत्यु

गरुडामा करेन्ट लागेर एक जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - करेन्ट लागेर रौतहटको गरुडामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गरुडा नगरपालिका वडा नम्बर ७ दोस्तीयाँ पिपरियाका ३० वर्षीय राम तिलक पटेल रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक वरुण सिंहले जनाएको छ । प्रहरीका अनुसार तरहरी खाेलामा माछा मार्ने क्रममा शुक्रबार करिब साँझ ४:३० बजेतिर पटेल करेन्ट लागेर गम्भीर घाइते भएका थियो ।गम्भीर घाइते भएको उनलाई तत्कालै घटनास्थलबाट उद्धार गरि उपचारको लागि गरुडा ४ स्थित हेल्थ ल्यान्ड होस्पिटलमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।मृत्यु पछि पोष्टमार्टमका लागि मृतकको शव जिल्ला प्रादेशिक अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
दार्चुलामा जिप दुर्घटनाग्रस्त, १‌ जनाकाे मृत्यु

दार्चुलामा जिप दुर्घटनाग्रस्त, १‌ जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
खलङ्गा । दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए ।मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए । तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।...