प्रहरी श्रीमति संघको वार्षिक उत्सवमा रौतहट प्रहरीद्वारा रक्तदान कार्यक्रमको आयोजना
प्रेम यादव,
रौतहट । रौतहट प्रहरी कार्यालयले रक्तदान कार्यक्रम तथा वृक्ष रोपन कार्यक्रमको आयोजना गरि नेपाल प्रहरी श्रीमति संघको ३९ औं वार्षिक उत्सव मनाएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटले नवनिर्मित भवनको सभाहलमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । आज सम्पन्न रक्तदान कार्यक्रममा लगभग ८० जनाले रक्तदान गरेका हुन् । जसमध्ये जनपद प्रहरी, ट्राफिक प्रहरी, गौर नगरपालिकाका नगरप्रहरी लगायत अन्य व्यक्तिहरुले रक्तदान गरेका थिए ।
नेपाल प्रहरी श्रीमति संघ केन्द्र कार्यालयबाट आएको निदेर्शन अनुसार विभिन्न कार्यक्रमको आयोजना गरि ३९ औं वार्षिक उत्सव मनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले सचतक नेपाललाइ बताउनु भयो ।
आरडिसि नेपाल रौतहट, नेपाल रेडक्रस सोसाइटी रौतहट र न्यू उज्यालो युवा क्लब रौतहटको सहयोगमा आजको रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
...
