Thursday, September 17
Shadow

ताजा-अपडेट

बिलबाओ फाइनल प्रवेश

बिलबाओ फाइनल प्रवेश

खेलकुद, ताजा-अपडेट
सचतक नेपाल डेस्क । पौष ३० । एटलेटिको मड्रिडलाई हराउदै बिलबाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा एटलेटिको मड्रिडलाई २–१ गोलअन्तरले पराजित गर्दै बिलबाओ फाइनलमा प्रवेश गरेको हो । खेलको ६२औ मिनेटमा बिलबाओका किप्पर सिमोनले आत्मघाती गोल गरेपछि एटलेटिको मड्रिडले अग्रता बनाएको थियो । तर बिलबाओका येराय अल्भारेजले ७७औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । साथै, खेलको ८१औं मिनेटमा निको विलियम्सले गोल गर्दै बिलबाओलाई जित दिलाएका थिए । उपाधिका लागि बिलबाओले आइतबार रियल मड्रिडको सामना गर्नेछ । एजेन्सी...
जापानका पूर्व प्रधानमन्त्री काइफुको निधन

जापानका पूर्व प्रधानमन्त्री काइफुको निधन

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सचतक नेपाल डेस्क । पौष ३० । जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ। उनी ९१ वर्षका थिए । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो। एजेन्सी ...
सर्लाहीको cdo कार्यालयमा सर्वसाधारणलाई जहिल्यै सास्ती

सर्लाहीको cdo कार्यालयमा सर्वसाधारणलाई जहिल्यै सास्ती

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल डेक्स   सर्लाही पुस २८ , जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पावर र पहुचवालाका कारन सर्वसधारणहरु मर्कामा परेका छ्न । एक जना सेवाग्राहीका अनुसार पावर र पहुचबाला ब्यक्तिलाई नगरिकता तथा अन्य काम गराउन घन्टौ लागदैन , र पावर पहुच नभएका हामि जस्तो निमुखा जनतालाई नगरिकता लिन एक हप्ता देखि दुई हप्ता सम्म कुर्नु पर्ने बाध्यता छ । हामिलाई सुन्ने कोहि पनि छैन्न ।हामी गरि खाने मजदुर हो । एक दिन काम नगरे पछि पेट भर्न मुस्किल छ । तर एउटा नागरिकता बनाउन हामी एक हप्ता देखि जिल्ला प्रशासन कार्यालयको चक्कर लागाई रहेको छु। जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारिहरुले आफ्नो आसे पासे र नाते गोतेदारको काममा लिप्त भएपछी सर्वसाधारण सेवा ग्राही मर्कामा पर्नुको साथै गरि खानेहरुलाई राती खान पनि मुस्किल परेको हो ।                                                                                      ...
प्रदेशको राजधानी जनकपुर हुनुपर्नेमा सहमति जानाउनु भुतपुर्व मन्त्री सोनलको निर्णय हास्यास्पद र लज्जास्पद : अभियन्ता कृष्ण मोहन सहनि

प्रदेशको राजधानी जनकपुर हुनुपर्नेमा सहमति जानाउनु भुतपुर्व मन्त्री सोनलको निर्णय हास्यास्पद र लज्जास्पद : अभियन्ता कृष्ण मोहन सहनि

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विचार
  सचतक नेपाल डेक्स पुस २६ , आफ्नो जन्म र कर्म भुमिलाई भुलि प्रदेश नम्बर २ को राजधानिलाई जनकपुर कायम गर्न सहमती जनाउनु भुत पुर्व भौतिक पुर्वधार मन्त्री जितेन्द्र सोनलको निर्णय हास्यास्पद र लज्जास्पद रहेको समाजिक अभियन्ता कृष्ण मोहन सहनीले बताउनुभएको छ । अभियन्ता सहनीले बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रतिनिधित्व गर्ने र बारामै घर समेत रहेको पुर्व मन्त्री सोनल अरु अरु दलबाट सम्प्रेसित भइ र कमिसनको भरमा प्रदेश्को राजधानी बिरगन्ज हुनुपर्ने माग गर्नुको सट्टामा जनकपुरलाई सहमति जनाएको आरोप समेत लागएका हुन । प्रदेशको राजधानीको लागि चाहिने सम्पूर्ण पूर्वाधार बिरगन्ज भएतापनि राजधानी जनकपुर हुन्नुपर्नेमा सहमती जनाउनु पुर्व मन्त्री सोनलको यस्तो निर्णय आफ्नै थालमा प्वाल पार्नु बराबर हो । आन्दोलन को बेला सबै राजनीतिक दल का नेता ले वीरगन्ज लाई राजधानी बनाउने घोषणा गरे पनि एति खेर सोनल जस्...
राज्यले कुनै पनि हालतमा लकडावनको बाटो रोज्न सकिँदैन : अर्थ मन्त्री शर्मा

राज्यले कुनै पनि हालतमा लकडावनको बाटो रोज्न सकिँदैन : अर्थ मन्त्री शर्मा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विचार
सचतक नेपाल डेक्स । पुस २६ ,अर्थमन्त्री जनार्दन शर्माले अब फेरि पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताएका हुन् । सो अवसरमा मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन र सोबाट प्रभावित आर्थिक क्षेत्रको परिणाम रहेको बताउँदै अब फेरि पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए । अहिले बजारले जुन तरलताको समस्या भोगिरहेको छ यसको समाधानका लागि सरकार लागिरहेको बताउँदै अर्थमन्त्री शर्माले संकटमा नाफा नखोज्न निजी क्षेत्रलाई आग्रह गरे । ‘संकट भनेको संकट नै हो । यसमा पनि नाफा खोज्ने ? यसो नगर्नुहोस् । सरकार, निजी क्षेत्र सबै मिलेर समस्या समाधान गर्न लागौं मन्त्री शर्माल...
१२ सय ज्येष्ठ नागरिकलाई गाैर नगरपालिकाद्वारा सम्मान सहित न्यानाे कपडा वितरण

१२ सय ज्येष्ठ नागरिकलाई गाैर नगरपालिकाद्वारा सम्मान सहित न्यानाे कपडा वितरण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क , राैतहट । गौर नगरपालिकाद्वारा सञ्चालित ज्येष्ठ नागरिकलाई न्यानाे कपडा सहित सम्मान गर्न कार्यक्रमकाे आज समापन भएकाे छ । राैतहटकाे सदरमुकाम गाैरका प्रत्येक वडामा न्यानाे कपडा बितरण सहित सम्मान गर्ने कार्यक्रम आज (शुक्रवार) सु-सम्पन्न भएकाे हाे । अन्तिमचरणमा आज गाैर नगरपालिका- ५ का ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडाबाट सम्मानित गरिएको छ । गौर नगरपालिकाद्वारा संचालन गरेको सम्मान अभियान अन्तर्गत नगर प्रमुख अजय कुमार गुप्ताले करिब १२०० जना ज्येष्ठ वृद्धवृद्धालाई सम्मान गरेका छन् । सम्मान हुनेमा समाजिक सुरक्षा भत्ता लिइरहेका नागरिक पनि समावेश रहेकाे नगरप्रमुख गुप्ताले जनाएकाे छ । वडा ५ का अध्यक्ष रामस्वार्थ राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्बल १ थान, दोसल्ला १ थान, टर्च १ थान, चवनप्रास १ थान सामाग्री प्रदान गरिएको हो । प्रत्येक वडाका ज्येष्टलाई समानरुपले समाग...
गरुडामा किसानको समर्थनमा जनप्रदर्शन (फोटो फिचर)

गरुडामा किसानको समर्थनमा जनप्रदर्शन (फोटो फिचर)

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क , रौतहट । रौतहटको मध्ये बजार भनिने गरुडामा जनमत पार्टीका कार्यकर्ताहरुले जन प्रदर्शन गरेका छन् । किसानको माँग पुरा नभए सम्म प्रदर्शन निरन्तर भइरहने भन्दैँ बिहीबार रौतहटको मध्य बजार गरुडामा विरोध प्रदर्शन गरेका छन् । जनमत पार्टी, जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै सोमबार देखि रौतहट अनिच्श्रित कालको लागि बन्द हुने आह्वान गरेपनि खासै प्रभाव नदेखिएपछि कार्यकर्ताहरु पुन: विरोध प्रदर्शन गरिरहेका छन् ।   नेपाल एक कृषि प्रधान देश हो । मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशा सँग जोडिएपनि समयमै किसानलाई बिउ विजन, मल खाद्य उपलब्ध नहुँदा अभाव खेपि रहन्छन् ।...
महासंघद्धारा पत्रकारमाथि दुव्र्यवहारको विरोध

महासंघद्धारा पत्रकारमाथि दुव्र्यवहारको विरोध

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क , रौतहट । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमल्सेनाले दुर्व्यवहार गरेको घटनाको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक मर्यादा र अधिकारको सम्मान गर्न माग गरेको छ । रौतहटकै एक पत्रिकाको अनलाइन दर्ता प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका बेला प्रशासकीय अधिकृतले आफूलाई दुर्व्यवहार गरेको झाले बताएका छन् । ‘उहाँले केही कागजातहरु माग्नुभयो सोही विषयको बारे प्रमुख जिल्ला अधिकारीलाई मैले अवगत गराउने क्रममा अधिकृत तिमल्सिनाले मलाई अपशब्द प्रयोग गर्नुभयो’ झाले भनेका छन् । महासंघ अध्यक्षमाथि भएको दुर्वव्यहारको नेपाल पत्रकार महासंघ रौतहट शखा र प्रदेश २ समितिले पनि विरोध जनाएका छन् । दोषीलाई कारवाही नभएसम्म जिल्ला प्रशासन...
गाैर नगरपालिकाका ७३ प्रतिशत नागरिकले खाेप लगाए

गाैर नगरपालिकाका ७३ प्रतिशत नागरिकले खाेप लगाए

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, राैतहट । काेराेना भाइरसकाे नयाँ भेरियन्ट फेला परेसँगै खाेप दिने कार्यक्रमलाई सरकारले तिव्र गति दिएकाे छ । राैतहटकाे गाैर नगरपालिका सबैभन्दा बढी खाेप दिने पालिका बनेकाे छ । प्रदेश अन्तरगत एक तथ्यङ्कका अनुसार हाल सम्म गाैर नगरपालिकाले ७३ प्रतिशत खाेप बितरण गरि सकेकाे देखिएकाे छ । सन् २०१९ मा सार्वजनिक भएकाे जनगणना अनुसार गाैर नगरपालिका भित्र १८ वर्ष र साे भन्दा माथि २९ हजार ३ सय ७३ जना बसाेबास गर्छन् । जसमध्ये २१ हजार ३ सय ८३ जनाले काेराेना भाइरसकाे दुवै चरणकाे खाेप लगाइसकेका छन् । हाल सम्म प्रदेश २ मा काेराेना भाइरसकाे कारण २ सय ६७ जनाकाे मृत्युु भइसकेकाे छ । नेपालकाे तथ्यङ्कका अनुसार नेपालमा कुल ११ हजार ६ सय १ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुई लाख ४६ हजार ३८५ जनाले खोप लगाएको जानकारी दिइन्। अहिलेसम्म कोरोना भाइरस...
गाैर नगरपालिकाकाे राजस्व अब घरबाटै तिर्न मिल्ने

गाैर नगरपालिकाकाे राजस्व अब घरबाटै तिर्न मिल्ने

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल डेस्क, रौतहट । अब बिभन्न प्रकारकाे राजस्व माेबाइलबाटै भुक्तानी हुने भएकाे छ । गाैर नगरपालीकाले प्रबिधिकाेे तुलनामा राैतहटका अन्य सबै पालिकालाई पछाडी छाेड्ने भएका छन् । जिल्लामा मात्र नभएर प्रदेश २ मै गाैर नगरपालिका पहिलो विद्युतिय प्रबिधिबाट भुक्तानी गर्ने पालिका बन्न पुगेको छ । गाैर नगरपालिकाबाट काटिदै आएको विभिन्न प्रकारका सेवा वापतको राजस्व ( मालपोत कर , सम्पत्ति कर, घर बहार कर र व्यवसायी कर) हरु अब सजिलै ई-सेवा, खल्तीबाट नै भुक्तानी गर्ने भएकाे हाे । नगर प्रमुख अजय गुप्ताले मंलगवार नगरपालिकाको सभाकक्षमा एक औपचारिक कार्यक्रम बीच साे सेेवाकाे उद्घाटन गरेका थिए । सेवाग्राहीलाई थप सुख सुविधा उपलब्ध गराउन र लाइनमा बस्ने झनझटलाई अन्त्य गर्न याे सेवा सुचारु गरिएकाे नगरप्रमुख गुप्ताले बताए । सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा नगर निमित्त प्रमुख प्रशासकिय अधिकृत स...